वर्षभर उत्कृस्ट काम गरेका मध्ये सुर्खेतका तीन वटा सामुदायिक वन पुरस्कृत भएका छन् । सामुदायिक वन उपभोक्ता समूह मूल्याङ्कन समितिद्वारा गरिएको मूल्याङ्कनको आधारमा तीनवटा सामुदायिक वनलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
मूल्याङ्कन समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैठकले तरङ्गा–३ को नवदुर्गा सामुदायिक वन, साटाखानी–३ को कालीका सामुदायिक वन उपभोक्ता समिति र गढी–५ को साउनेपानी सामुदायिक वनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
स्थानीय विकास अधिकारी सहित जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरसिया, क्षेत्रीय वन निर्देशनालयका संजिव सुवेदी र सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी सम्मिलित समितिले वन डढेलो, चोरी शिकारी तथा चोरी निकासी, दीगो वन विकास, सामुदायिक वन कार्यायोजना कार्यान्वयन, आर्थिक सुशासन, समावेशी र निर्णय प्रक्रिया, वन पैदावार वितरण प्रक्रियालाई आधार मानेर बढी अंक प्राप्त गर्ने तीन वटा सामुदायिक वनलाई पुरस्कृत गरिएको योजना तथा विकास शाखाका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए ।
प्रथम हुने नवदुर्गा सामुदायिक वनले २८ अंक, दोस्रो हुने कालीका सामुदायिक वनले २४ अंक र तेस्रो हुने साउनेपानी सामुदायिक वनले २३ अंक प्राप्त गरेको शर्माले जानकारी दिए । प्रथम हुने सामुदायिक वनले सात हजार रुपियाँ नगद सहित प्रमाणपत्र, दोस्रोले पाँच हजार र प्रमाण पत्र तथा तेस्रो हुने सामुदायिक वनले तीन हजार रुपियाँ नगद सहित प्रमाणपत्र पाउने छन् ।
त्यसैगरी देउतीवज्यै सामुदायिक वन उपभोक्ता समूह लाटीकोइली—१,२,३ र ९ मनिकापुर सुर्खेतले चारकुनेमाथी नाङगो डाँडा, चौखेढुङ्गा माथीको नाङगो डाँडामा बृक्षारोपण गरेको छ । सामुदायिक वन समितिका अध्यक्ष भिमबहादुर खत्री, सत्रिव पदमा खड्काको नेतृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
वीरेन्द्रनगर रेन्जपोष्टका फरेस्टर अमृत कंडेलको प्रमुख आतिथ्यता, उपसमिति चारकुनेका अध्यक्ष कृर्पाराम रेग्मी, जनसेवा संघ का कार्यक्रम संयोजक काँशीराम शर्मा, जनसहभागी बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक दलबहादुर खड्का, सामुदायिक वनका पदाधिकारीहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न जातका दुई सय १० विरुवा रोपिएको सचिव खड्काले जानकारी दिईन ।
No comments:
Post a Comment