प्राथमिक स्वास्थ्य चौकी अवलचिङको आइतबार सामाजिक लेखापरिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र असल शासन क्लव जिल्ला समन्वय समितिको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।
लेखापरिक्षणमा संस्थाका इन्चार्ज श्यामप्रसाद पौडेलले आय—व्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै इन्चार्ज पौडेलले स्वास्थ्य चौकीमा दरबन्दी अनुसारको डाक्टर नहुदा गुणस्तरिय सेवा प्रवाहमा कठिनाई रहेको बताएका छन् ।
१० जना दरबन्दी रहेको उक्त प्राथमिक स्वास्थ्य चौकीमा हाल पाँच जना चिकित्सकहरु कार्यरत छन् । त्यस्तै कार्यक्रममा सहभागिहरुले पनि स्वास्थ्य चौकीमा दरबन्दी अनुसारको कर्मचारीहरु राखि स्वास्थ्य सेवामा गुणस्तरियता थप्न माग गरेका छन् ।
उनीहरुले डाक्टर अभावका कारण सेवा प्रभावकारी र छिटो छरितो नभएको भन्दै सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एकीकृत नेकपा माओबादीका देबबहादुर राना, नेपाली काँग्रेसका रामबहादुर साँवद, नेकपा एमालेका लालबहादुर जिसी, नेकपा–माओवादीका भिमबहादुर नेपाली लगायतले बोलेका थिए ।
लेखापरिक्षणको सहजिकरण घनश्याम न्युरे र घनश्याम केसीले गरेका छन् । यसैबीच प्रेमबहादुर रानाको संयोजकत्वमा नौ सदस्यीय सुशासनका लागि सामाजिक जवाफदेहिता मञ्च गठन गरिएको छ ।
No comments:
Post a Comment