Tuesday, June 25, 2013

लुटिएको माल बरामद

गत असार १ गते गढी–७, छेडा भन्ने ठा“उमा गाडी दुर्घटना हुदा“ ट्रकबाट हराएका सामान जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा गाउ“लेहरुबाट बरामद गरिएको छ । 
मंगलबार प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बसबाट हराएका सामान दुर्घटना स्थल नजिकका घर तथा होटलबाट बरामद भएको प्रहरी प्रमुख विश्वनिरञ्नज प्रधानले बताए । बरामद गरेको सामान जिल्ला प्रहरी कार्यालयमा राखिएको र सामान मालिक नरविर रावतलाई जिम्मा दिइने उनले उल्लेख गरे ।

 सुर्खेतबाट मुगुका लागि हि“डेको भे १ ख ११९० मिनि ट्रकमा १५ लाख ९ हजारको आफ्नो र प्रकाश वमको साढे लाख वरावरको सामान रहेको श्री नगर–५, गमगढी मुगुका नरविर रावतले बताए । उनले दुर्घटना पछि रातारात छेडा नजिकका व्यापारी र घरपरिवारवालाले गाडीबाट सामान तानेर लगेको बताए । १५ लाख बढीको सामान ट्रकमा रहेकोमा दुर्घटना भएपछि लुटेर लगेको सामान मध्ये प्रहरीको सहयोगमा केहि सामान ल्याइएको र ४ लाख ८५ हजारको सामान अझै हराई रहेको रावतले बताए ।
 उनले हराएको सामान खोजी गर्दा गा“उलेहरुले पहिलो दिन नमानेको तर प्रहरीको सहयोगमा भेटिएको बताए । रावतका अनुसार सामान निराजन क“डेल, बालकुमारी थापा, रमेश पुलामी, रमेश नेपाली, हरिकला, बालकुमारी, तारा देवि र ज्ञानु पौडेलका साथै दिपक भट्टराई, सुरेस, टेकबहादुर थापाको घरबाट भेटाएका हुन् । उनले सामान खोज्ने क्रममा अहिले केहि व्यक्तिहरुले केहि सामान भेटिएको र सामान लिन आउनका लागि फोन समेत गरेको रावतले बताए ।
सडकमा गाडी दुर्घटना भइ सकेपछि यात्रुहरु लुटिने र बस तथा ट्रकका सामान चोरी हुनु राम्रो होइन । यसका लागि शिक्षकहरु मार्फत् सचेतना जगाउन सके राम्रो हुने प्रहरी प्रमुख बताउ“छन् । उनका अनुसार १ गते राती ट्रक दुर्घटना हुनु अघि संगै रहेकी चालककी श्रीमती र चालक बीच झगडा भई रहेको र त्यही झगडाका कारण चालकले अगाडीको मोडमा कन्ट्रोल गर्न होस नपाएर ट्रक दुर्घटना भएको सहचालकले बताएको प्रहरी प्रमुख प्रधानले जानकारी दिए । सडकबाट ४ सय मिटर तल खसेको ट्रकमा ३ जना व्यक्ति रहेको र उनीहरु तीनैजना शख्त घाइते भई उपचारमा रहेको उनले जानकारी दिए ।


No comments:

Post a Comment