Tuesday, June 25, 2013

जडिबुटी प्रयोगशाला नहुँदा निकासीमा समस्या

मध्यपश्चिम क्षेत्र जडिबुटीको प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि जडिबुटी प्रयोगशाला नहुँदा जडिबुटी निकासीमा समस्या भोग्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको निकासीजन्य जडिबुटीको उत्पादन, प्रर्वद्धन, मूल्य अभिवृद्धि र बजारीकरणसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।  

जडिबुटी निकासीको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्ज सिमापारी भारतको रुपैडिहामा पीएसए परिक्षण गर्ने प्रयोगशाला नहुंँदा धेरै कठिनाईहरु भोग्नु परेको व्यवसायीहरुले बताएका छन् । नजिक प्रयोगशाला नहुंँदा कहिले काही जडिवुटीको प्रमाणिकरण गर्न मात्र महिनौंदिन लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । लामो समय जडिवुटी स्टक राख्दा तौल घट्ने र सड्ने समस्या हुने गरेको छ । कार्यक्रममा जडिबुटी उत्पादन संघका केन्द्रीय अध्यक्ष गोबिन्द घिमिरेले पिएसए परिक्षण गर्ने प्रयोगशाला सीमावर्ती बजार रुपैडिहा भन्दा धेरै टाढा रहेकाले जडिुवटी परिक्षण गर्न धेरै दिन लाग्ने र मंहगो लाग्ने बताए ।

No comments:

Post a Comment