कञ्चनपुर, असार ।
महाकाली पारि दोधारा ९ की १९ वर्षीयालाई बलात्कार गरेको आरोपमा एक भारतीयलाई नियन्त्रणमा लिई स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय दोधारा बाबाथानमा बुझाएका छन् ।
शनिबार साँझ करिब ६ बजे भारत–नेपाल सीमा नजिक रहेको नेपाली भूमिमा साथीसँग घरबाट घाँस काट्न गएकी किशोरीलाई भारत वोदिपुर, पिलीभित उत्तरप्रदेशका ३५ वर्षीय नमरु गोलदारले बलात्कार प्रयास
गरेका थिए ।
किशोरीलाई घाँस काटिरहेका बेला गोलदारले लछारपछार गरी १०० मिटर टाढाको उखु खेतमा लगेर बलात्कारको प्रयास गरेको र पीडित किशोरीको शरीरभरि दाँतले टोकेका निलडामसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
किशोरीमाथि बालात्कार भए नभएकोबारे अनुसन्धान भइरहेको जानकारी दिँदै इप्रका दोधारा बाबाथानका प्रहरी निरीक्षक कवीन्द्र बोहराले प्रारम्भिक अनुसन्धानमा किशोरीलाई लछारपछार गरेको बुझिए पनि सोधपुच्छ अगाडि बढाइएको बताए । रासस
No comments:
Post a Comment