Monday, June 24, 2013

बाढीले जग्गा कटान

सुर्खेत, १० असार ।
जल उत्पन्न नियन्त्रण कार्यालयमा सुर्खेतमा बाढिपिडितहरुका ६ वटा निवेदन परेका छन् । स्थानीय खोलामा आएका बाढीले जग्गा कटान गरेको भन्दै तटबन्ध निर्माणका लागी आवश्यक तार जालीका लागी ६ वटा निवेदन परेका हुन । 

तटबन्द निर्माण कार्यका लागी आवश्यक तारजालीको प्रबन्ध मिलाई दिनका लागी जिल्लाको दशरथपुर, लाटीकोईली, उत्तरगंगा, ईत्राम, राकमका बाढिपिडितहरुले कार्यालयमा निबेदन दिएको बताईएको छ । 
असार १ गतेदेखि ४ गतेसम्म लगातार आएको अविरल वर्षाले दहचौरमा भेरी नदीले करीब २ सय विघा जग्गा कटान गरेको थियो भने लाटीकोइलीमा सिचाई बाँध बगाएको थियो । राकमको जामूनेबजारमा पनि भेरी नदिले छेउछाउको जग्गा कटान गरेको थियो भने इत्राम, उत्तरगंगाका विविध ठाउँमा पनि स्थानीय खोर्के खोलाले कटान गरेको छ ।
बाढीपिडीतहरुद्धारा हालसम्म ६ ओटा निवेदन परेको कार्यालय प्रमुख मनोज थापाले बताए  । उनले मौखिक रुपमा पनि नदी तथा खोलाछेउछाउका ठाउमा तटबन्धका लागी माग आइरहेको बताए । 
प्रमुख थापाले नदी तथा खोलाले जग्गा कटान गरेको विवरण सम्बन्धित गाविस तथा नगरपालिकाको सिफारिस सहित राहतका लागी कार्यालयमा आउन पनि आग्रह गरे । कार्यालयले घटनाको अध्ययन गरी सहयोग गर्ने जनाएको छ । उता भेरी र कर्णाली नदीले पश्चिम घाटगाउँ तातापानी विजौरा गाविसका नदी छेउछाउका घर जग्गा कटान गरी बाढीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

No comments:

Post a Comment