Monday, July 1, 2013

मकै बालीमा लगाउने औषधी पाइएन

अछाम, १७ असार । 
मकै बालीमा रोग देखिँदा कीटनाशक औषधी नपाएर कृषकहरु भौंतारिरहेका छन् । अछामको उत्तरी क्षेत्र इलाका नंं. ६ मा लगाइएको मकै बालीमा रोग देखिएको भाटाकाटियाका—५ का दलबहादुर साउदले बताए ।

अब मकैमा जौ बाली छोड्ने बेला भयो, बोट सुक्नुका साथै कुनैकुनै बोट कुहिए जस्ता छन् साउदले बताए । विषादी औषधीको खोजीमा सदरमुकाम मङगलसेन पुगेका वीरेन्द्रबहादुर शाहले भने “कृषि कार्यालयलाई सोध्दा बजारबाट लिनु भनेपछि बजारमा जाँदा कतै पनि औषधी भेटिएन ।”
द्धन्द्ध प्रभावित क्षेत्र विशेष कार्यक्रमबाट कृषकलाई कीटनाशक वितरण गर्ने कार्यक्रम लागू भए पनि अहिलेसम्म कुनै काम नभएको शाहले बताए । द्धन्द्ध प्रभावित क्षेत्र विशेष कार्यक्रमका लागि अछाम क्षेत्र नं १ र २ मा गरी रु ४० लाख बाँडेको छ । इलाका नं ६ मा कृषक सहयोगका लागि पहिलो किस्तामा पेश्की दुई लाख ६० हजार लिएको छ ।
आफूहरुले पहिलो किस्ता भुक्तानी दिए पनि आर्थिक वर्ष सकिनै लाग्दा न त काम गरेको प्रतिवेदन पेस गरे न दोस्रो किस्ता भुक्तानीका लागि आए पैसा कहाँ लगानी गरेको भन्ने आफूलाई थाहा नभएको जिल्ला कृषि विकास कार्यालयका बाली विशेषज्ञ श्रीधर अधिकारीले बताए । 
रासस

No comments:

Post a Comment