Monday, July 1, 2013

अस्पताललाई सरसफाइ सामाग्री

सुर्खेत, १८ असार ।
नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) सुर्खेतले सोमबार म.प. क्षेत्रीय अस्पताल गालागाउँमा सुर्खेतलाई सोमबार एक कार्यक्रमवीच सरसफाइ सामाग्री हस्तान्तरण गरेको छ । संघको ३५ औं स्थापना दिवसका अवसरमा अस्पताललाई सरसफाइ सामाग्री दिईएको हो ।
कुच्चो १० थान, मक २० थान, डस्बिन ३ थान, टवाईलेट बु्रस १० थान हस्तान्तरण गरिएको छ । क्षेत्रीय अस्पतालका प्रमुख डा. भोलाराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतको सहयोगमा सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
प्राविधिक संघ सुर्खेतका अध्यक्ष माधवप्रसाद ढकालको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष तुल्सीप्रसाद अधिकारी, गोमा श्रेष्ठ निरौला, उदयनाथ योगी, रेशम गौतम सहितले आ—आफ्नो भनाई राखेका थिए ।

No comments:

Post a Comment