Monday, July 1, 2013

मटेलामा सार्वजनिक परिक्षण

सुर्खेत, १८ असार ।
इलाका स्वास्थ्य चौकी मटेलामा सोमबार सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँ—गाउँ बाट सार्वजनिक सुनुवाई तथा  सार्वजनिक परिक्षणको थालनी गरौ भन्ने मुल नाराका साथ असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले सार्वजनिक लेखा परिक्षण गरेको हो

जिल्लाका स्वास्थ्य संस्थामा गरिरहेको सार्वजनिक परिक्षण कार्यक्रम अन्तर्गत सार्वजनिक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकी मटेलाको चालु आ.व. २०६९÷०७० को जेठ मसान्त सम्मको आय—व्यय सार्वजनिक गर्दै स्वास्थ्य चौकीले दिएको सेवाका बारेमा समिक्षा गरिएको छ । 
कार्यक्रममा स्वास्थ्य चौकीमा दरबन्दि अनुसारका कर्मचारीहरु नभएकाले त्यसलाई व्यवस्थापन गर्न पहल गर्ने, स्वास्थ्य चौकी सुरक्षाका लागि तारबार गर्ने, स्ट्रेचरको समस्या समाधान गर्ने लगायतका महत्वपूर्ण ५ प्रतिबद्धता गरिएको छ । 
कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, स्वास्थ्य चौकीका इन्चार्ज बिपुल जिसी र सेवाग्राही सहित ५६ जनाको उपस्थिती रहेको कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको सहजिकरणमा सम्पन्न भएको हो ।

No comments:

Post a Comment