Saturday, July 13, 2013

विद्यार्थीको बृद्धाश्रमलाई मुठीदान

सुर्खेत, ३० असार
सेन्ट मेरिज को एण्ड.उच्च मावि उत्तरगंगा ८ तातापानी सुर्खेतका विद्यार्थीहरुले शनिबार प्रसान्ती बृद्धाश्रमलाई चामाल र फलफूल वितरण गरेका छन् । 
विद्यार्थीहरुले स्वच्छिक रुपमा आफ्नो खाजा (नास्ता) बचाएर करिब एक महिना सम्म निरन्तर एक मुठी लिएर जम्मा गरेका थिए । विद्यालयका ४० जना विद्यार्थी र शिक्षकको उपस्थीतीमा शनिबार बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । विद्यालयका भाइस प्रिन्सिपल परमानन्द रेग्मीले परिवर्तनका संवाहक विद्यार्थीहरु सामाजिक काममा सानैबाट लाग्ने समाजमा सकरात्मक प्रभाव पर्ने र उनीहरुको सकरात्मक सोचको विकास हुने बताए ।  

No comments:

Post a Comment