Saturday, July 13, 2013

सुर्खेती साहित्यकारले भानुलाई सम्झने

सुर्खेत, ३० असार ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्तीका अवसरमा शनिबार वीरेन्द्रनगरमा खुला कविता प्रतियोगिता एवं कृती विमोचन कार्यक्रम गरिएको छ । वाङमय चौतारी सुर्खेतको आयोजना र विश्व नेपाली साहित्य महासंघ केन्द्रीय समितिको सह—आयोजनामा भएको कविता प्रतियोगितामा आठ जना कविहरुले भाग लिएका थिए । प्रतियोगितामा बालु पीडित प्रथम, खगेन्द्र अटल द्वितीय, प्रविण कुमार आचार्य तृतीय, यग्यप्रसाद पाण्डे र समिक्षा नेपाल सान्त्वना भएका छन् । यसै गरी कार्यक्रममा वाङमय चौतारीका कोषाध्यक्ष गीता रेग्मीद्धारा लिखित “स्मृतीका ती क्षण” यात्रा संस्मरण र “फेरी त्यही फर्किन चाहान्न—जहाँ थिए म” कथा संग्रहको विमोचन गरिएको थियो ।
कार्यक्रममा साहित्यकार लिलाधर गौतम, डा. दीपक गौतम, सुर्खेत क्याम्पस शिक्षाका प्रमुख डा. महेन्द्रकुमार मल्ल, थानेश्वर लामिछाने, जागेश्वर नेपाल, युद्धबिक्रम शाही, नरनाथ योगी, ऋषि सुदामा, क्षितिज समर्पण, महेन्द्र महासागर, पहल असिम, कृष्ण विरही, बासुदेव आश्रित, विद्या निर्दाेष लगाएतको सहभागिता रहेको थियो ।  कार्यक्रम वाङमय चौतारीका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो 

No comments:

Post a Comment