Saturday, July 13, 2013

शिक्षक नेतालाई सम्मान

सुर्खेत, ३० असार
अखिल नेपाल शिक्षक संगठन नीजि विद्यालय विभागले शनिवार आफ्ना केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ ।
संगठनको भर्खरै चितवनमा सम्पन्न अधिवेसनवाट जिल्लाका ४ जना नेताहरु केन्द्रिय सदस्यमा निर्बाचित र मनोनित भएको भन्दै संगठनले सो सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका भेरी कर्णाली राज्य समिति सदस्य तथा वीरेन्द्रनगर नगर अध्यक्ष गंगाराम तिमील्सेनाले जिल्लाका केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जिल्लाभरीका सम्पुर्ण शिक्षकहरुलाई गोलबन्द गर्दै संगठनलाई विग्रदै गैरहेको शिक्षाको स्तरलाई सुधार्न मेहनत गर्न र कार्यक्रम ल्याउन निर्देशन दिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु रेश्मीलाल चपाई,नन्दराम गुरुङ्ग,कमल सिंह र सुसीला रानालाई सम्मान गरिएको हो ।

No comments:

Post a Comment