Saturday, July 13, 2013

अस्पताल परिसरमा बृक्षारोपण

सुर्खेत, ३० असार
मध्यपश्चिम क्षेत्रिय अस्पताल कालागाउँ परिसरमा शनिवार बृक्षा रोपन गरिएको छ । 
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुंवरल आँपको विरुवा रोपेरे वृक्षारोपणको उद्घाटन गरेका थिए । कँुवरले बढ्दै गइरहेको वातावरण प्रदुषण रोक्न र अस्पतालमा सधँै हरियाली बनाईराख्न अस्पतालले थालेको काम प्रसंशनिय भएको वताए । वृक्षारोपनमा मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितीका अध्यक्ष जितवहादुर राना, मेडिकल सुपरिटेण्डेन भोलाराम श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख एव प्रतिनिधि, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु स्थानियवासी र अस्पताल कर्मचारीहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि वृक्षारोपन गरेको अस्पतालले आगामी दिनमा अस्पताल परिसरलाई हरियाली वनाउने र त्यसका लागि यसको संरक्षणमा लाग्ने वताएको छ ।

No comments:

Post a Comment