Saturday, July 13, 2013

ज्येष्ठ नागरिकलाई सम्मान तथा भोज

सुर्खेत, ३० असार
जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतको आयोजना र ओयशिश बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोगमा शनिबार प्रशान्ती बृद्धाश्रम उत्तरगंगा ८ मा ज्येष्ठ नागरिकलाई सम्मान तथा भोज कार्यक्रम सम्पन्न गरिएको छ । 
 कार्यक्रमा १ सय २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारी डिभिजन कार्यालय सुर्खेतकी निमित्त प्रमुख निर्मला श्रेष्ठ प्रमुख आतिथि रहेकी थिईन् । कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सञ्चालक तथा बृद्धाश्रमका सचिव बिद्याभुषण मानन्द्यर, ओयशिश सहकारी संस्थाका भद्र भण्डारी लगाएतको सहभागिता रहेको थियो ।  

No comments:

Post a Comment