Saturday, July 13, 2013

प्रभावकारी बन्दै सोलारबाट कम्प्यूटर शिक्षा

सुर्खेत, ३० असार
बिधुत सेवा नपुगेका विद्यालयहरुमा सोलारबाट कम्प्यूटर शिक्षा सञ्चालन प्रभावकारी बन्दै गएको छ । सुर्खेतको मटेला गाविसका दुई विद्यालयमा सोलारबाटै कम्प्यूटर शिक्षा सुरु भएपछि त्यस प्रति विद्यार्थीहरुको आकर्षण बढेको छ । 

मालिका उच्च मावि र नेपाल राष्ट्रिय मावि काँडाघुवानी, मटेलामा ‘शिक्षाका लागि उर्जा’ कार्यक्रम अन्र्तरगत क्यानडीएन संस्था जी सेफ (ग्लोवल सस्टेनेवल इलेक्ट्रीसीटि पाटर्नसीप) अन्तराष्ट्रि संस्थाको सहयोगमा यसै शैक्षिक सत्र देखि कम्प्यूटर शिक्षा सञ्चालन गरिएको हो । जीसेफले कम्प्यूटर ल्याव भवन, १८ वटा ल्यापटक कम्प्यूटर, सोलार र फर्निचर गरी एक करोड ४५ हजार बराबरको सहयोग गरी विद्यालयमा कम्प्युटर शिक्षाको अवसर प्रदान गरेको हो । ती दुई विद्यालयमा हाल कक्षा छ देखि नै अनिवार्य विषयका रुपमा र कक्षा ९ मा ऐच्छिक विषयका रुपमा कम्प्यूटर विषय पढाई भैरहेको विद्यालयका प्रधानध्यापकहरुले बताएका छन् । कम्प्यूटर विषय पढाई हुन थालेपछि विद्यार्थीहरुले पढाईमा समेत अन्य विषय भन्दा रुचि दिने गरेको शिक्षकहरुको भनाई रहेको छ । नेरामावि काँडाघुवानीमा भने विद्यार्थीको रुचि भएपनि कम्प्यूटर अभावका कारण प्रयोगात्मकका लागि समस्या भएको विद्यालयका प्रअ बोधबिक्रम जिसीले बताए । नौ कक्षा मा ऐच्छिक विषय अन्तर्गत ३२ जना विद्यार्थीले कम्प्यूटर विषय रोजे पनि विद्यालयमा दुई वटा मात्रै ल्यापटप कम्प्यूटर रहेको प्रअ जिसीले बताए । जीसेफले दुई सामुदायिक विद्यालयमा अध्यनरत ७ सय ८५ जना विद्यार्थीहरुलाई ५ वाट क्षमताको सोलार समेत प्रदान गरेको थियो । घरमा समेत सोलार बत्ति प्रयोग गर्न पाएपछि विद्यार्थीहको पढाईमा सहयोग पुग्नुका साथै गृहकार्य गर्नका लागि पनि सहयोग पुगेको नेरामावि प्रअ जिसीले बताए । बजारका निजि र प्रायः सरकारी विद्यालयहरुमा कक्षा १ देखि नै कम्प्यूटर विषय पढाई हुने भएपनि विद्युत सुविद्या नपुगेका विद्यालयहरुमा नयाँ विषयका रुमपा सञ्चालन गरेपछि विद्यार्थीले त्यस तर्फ रुचि राखेको पाईन्छ । सुन्दर नेपाल संस्था वीरेन्द्रनगरको समन्वयमा सञ्चालन भएको उक्त कार्यक्रममा मालिका उच्च मावि मटेलामा कम्प्यूटर ल्याव भवनका साथै ६ किलो वाट पिक क्षमता भएको र नेरामावि काँडाघुवानीमा ७ सय ८० वाट पिक क्षमताको सोलार समेत प्रदान गरिएको थियो । संस्थाले ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरुलाई कम्प्यूटर शिक्षाको पहुँचभित्र समेट्न सोलारबाट कम्प्यूटर शिक्षा सञ्चालन गरेको जनाएको छ । दिगो रुपमा सञ्चालन गर्नका लागि र बिग्रीएमा पुर्ननिर्माण गर्न सजिलो होस भन्नका लागि मर्मत संभार कोषको स्थापना गरिएको छ । सोलारबाट कम्प्यूटर शिक्षा प्रभावकारी बनेको देखेपछि मटेलाको छिमेकी गाविसका रुपमा रहेको शान्ति उच्च मावि लालिकाँडा दैलेखमा पनि कम्प्यूटर शिक्षा सञ्चालन गरिएको छ । विद्यालयले इनर्जी प्रर्बद्धन केन्द्रको अनुदानमा सोलारका साथै कम्प्यूटर किन्ने प्रक्रिया अगाडी बढाएको छ । निम्नमाध्यामिक र माध्यमिक तहमा कम्प्यूटर विषय पढ्नका लागि घर छोडेर सदरमुकाम जानुपर्ने मटेलाका विद्यार्थीहरु अब भने गाउँकै विद्यालयमा कम्प्यूटर विषय लिएर माध्यामिक तह सम्म पढ्न पाउने भएपछि हर्षित भएका छन् । जीसेफले सञ्चालन गरेको शिक्षाका लागि यस्तो किसीमको परियोजना पहिलो र नेपालकै नमूना परियोजना भएको संस्थाले जनाएको छ । 

No comments:

Post a Comment