सुर्खेत, ३१ असार ।
राष्ट्रिय संगीत तथा नाटक महोत्सव–२०७० को पहिलो दिन आइतबार सुर्खेतको चर्चित कला संस्था बागीना समूहले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आफ्नो बेजोड प्रस्तुति दिएको छ । सिँगारु र सारंगी नृत्य प्रस्तुत गरेको बागिनाको प्रस्तुति महोत्सवमा अत्याधिक रुचाइएको थियो ।
राष्ट्रपति डा. रामवरण यादवद्धारा आइतबार उद्घाटित उक्त दुइ दिने महोत्सवमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका तर्फबाट बागिना समूह सहित पाँचै विकास क्षेत्रका कलाकारहरुले विभिन्न संस्कृति झल्किने गीत, नृत्य तथा नाटकहरु प्रर्दशन गरिरहेका छन् ।
सोमबारसम्म चल्ने उक्त महोत्सवमा लोक, प्राचिनदेखि आधुनिक र शास्त्रियसम्मका कला र संस्कृतिका विविध विधाहरुलाइ प्रस्तुत गरिँदैछ । महोत्सवका क्रममा नृत्य तथा गीत नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा र नाटक सर्वनाम थिएटर मण्डला थिएटरमा प्रस्तुत गरिँदैछ ।
सिँगारु, मारुनी, सारंगी, टप्पा, हुर्रा, कर्खा, सरुमारानी, पूर्वेलि गन्धर्व गीत जस्ता लोक संस्कृतिहरु समेत देखाइने महोत्सवको शुभारम्म अछाम जिल्लाको चर्चित हुड्क्यौली नृत्य प्रस्तुत गरेर गरिएको थियो । साथै महोत्सवमा हेटौँडाको अमरसिँहको खोजीमा, मण्डला थिएटरको सुनकेशरी, किशोर अनुरागको जंगेपिलर जस्ता नाटकहरु पनि देखाइँदैछ ।
No comments:
Post a Comment