Sunday, July 14, 2013

जनलेखा परिक्षण कार्यक्रम

सुर्खेत, ३१ असार ।
वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा आवाज संस्थाद्वारा सञ्चालित सामाजिक परिचालन मार्फत समुदयामा विपन्नवर्गहरुको पहुँच अभिवृद्धि कार्यक्रमका को जनलेखा परिक्षण गरिएको छ । 

वीरेन्द्रनगर १, ४, ५ र ११ का वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र र विभिन्न विद्यालयका बाल संरक्षण समिति, सामुदायिक सहयोग संयन्त्र लगायत नगरपालिका र जि.वि.स. का प्रतिनिधीहरुको उपस्थितिमा आइतबार जनलेखा परिक्षण गरिएको हो । 
संस्थाकी कार्यक्रम निर्देशक पवित्रा शाहीको अध्यक्षतामा कार्यक्रमको क्रियाकलापहरु र आर्थिक गतिविधि सहित सार्वजनिक जनलेखा परिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उपस्थित वडा नागरिक मञ्चका सदस्यहरुर नागरिक सचेतना केन्द्रका प्रतिनीधिहरुले कार्यक्रमको प्रभावकारिता सकारात्मक रहेको र अझै  सो सामाजिक परिचालन कार्यक्रमलाई व्यापक रुपमा आगामी दिनहरुमा सञ्चालन गर्नुपर्ने सुझावहरु दिएका थिए ।

No comments:

Post a Comment