सुर्खेत, १ साउन
काँक्रेविहारमा शिखर शैलिमा मन्दिर पुननिर्माण हुने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत पुनःनिर्माणको कार्य प्रारम्भ गर्ने घोषणा गरेको छ ।
पर्यटन विकास मञ्च लाटिकोइलीले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । सरकारले आर्थिक बर्ष २०७०÷०७१ को बजेटमा लाटिकोइलीमा अवस्थित काँक्रेविहारको पुननिर्माणको लागि बजेट छुट्याएको भन्दै पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्माले विज्ञप्ति निकालेर सरकारलाई धन्यवाद दिएका हुन् ।
२०६९ सालमा पर्यटन विकास मञ्चको समन्वयमा काँक्रेविहारलाई खुला संग्राहलयको रुपमा स्थापित नगरी पुननिर्माण गर्नुपर्ने माग गरिएकोमा सरकारले सोही अनुरुप बजेट आएकोले सरकारलाई धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा काँक्रेविहारलाई पुननिर्माण गरी विश्वसम्पदा सूचिमा सूचिकृत गर्ने प्रयास गरिने उल्लेख गरिएको छ । सरकारले चालु आर्थिक बर्षदेखि काँक्रेविहारको पुननिर्माण कार्य प्रारम्भ गर्ने बजेटमा उल्लेख गरेको छ ।
पुरातत्व विभागद्धारा खोज अनुसन्धान गरी काँक्रेविहार मन्दिरको डिजाईन स्टिमेट तयार गरे अनुसार कार्य अगाडी बढाईने जनाईएको छ । तीन देखि पाँच बर्षको अवधिमा पुननिर्माण पुरा गर्न १२ करोड रकम लाग्ने अनुमान गरिएको छ । शिखर शैलीमा काँक्रेविहारमा मन्दिर निर्माण हुने पर्यटन विकास मञ्चका अध्यक्ष शर्माले जानकारी दिए ।
No comments:
Post a Comment