Monday, July 15, 2013

ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सुर्खेत, १ साउन ।
ट्राफिक नियम, सवारी दुर्घटना न्यूनिकरणका विषयमा सचेतना कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
ट्राफिक नियम पालना गरौं, सवारी दुर्घटना न्यूनिकरण गरौं भन्ने मुल नारा सहित सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
युवाका लागि युवा सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । मंगलगडी चौक, वीरेन्द्र चौक, यरी चौकमा संयुक्त ट्राफिक चेकिङ, सवारी चालकले निर्वाह गर्नुपर्ने जिम्मेवारी, भूमिका, बिल बुक, लाईसेन्सको महत्वका बारेमा सवारी चालकहरुलाई जानकारी गराईएको थियो ।

No comments:

Post a Comment