Monday, July 1, 2013

गाउँ—गाउँमा शान्ति समितिको सक्रियता

सुर्खेत, १८ असार ।
सुर्खेतका ३६ गाविस र एउटा नगरपालिकामा स्थानीय शान्ति समिति गठन गरिएको छ । गाविसमा गठित शान्ति समितिहरुले स्थानीय स्तरमा विवाद समाधान गर्दै शान्ति, सदभाव कायम भएको जनाईएको छ । स्थानीय स्तरमा शान्ति समितिको सक्रियामा बृद्धि हुँदा गाउँ तहका समस्या गाउँमै समाधान भैरहेको जनाईएको छ ।

जिल्लामा रहेका ५० गाविसमध्ये ३६ वटा गाविस र एउटा नगरपालिकामा समिति गठन गरिएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ ।  शान्ति समिति गठन वीरेन्द्रनगर नगरपालिका, विजौरा गुठु, घाटगाउँ, विद्यापुर, सालकोट, बाबियाचौर, हरिहरपुर, कुनाथरी, गढी, उत्तरगङ्गा, लाटिकोइली, जर्बुटा, रतु, गर्पन, अवलचिङ, मटेला, रानिवास, दहचौर, मेहेलकुना, घुमखहरे, धारापानी, मालारानी, कल्याण, नेटा, खानीखोला, लेखफर्सा, दशरथपुर, राकम, गुमी लगायत रहेका छन् ।
स्थानीयस्तरमा विद्यमान रहेका द्वन्द्वका प्रभावलाई निर्मूल पार्न गाउँ गाउँमा शान्ति समिति गठन गरिएको स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले जानकारी दिए । गाउँस्तरमा शान्ति समिति गठन गरेपछि द्वन्द्वकालका वास्तविक द्वन्द्वपीडितको सिफारिस भएको र पुनःनिर्माण गर्न लागिएका भौतिक संरचनाको निर्माणमा पनि निगरानी बढेकोे उनको भनाइ छ ।  
संयोजक थापाले शान्ति तथा सद्भाव कायम गर्न समिति गठन गरिएको भन्दै स्थानीय स्तरमा हुने विवादहरुको समाधानसमेत समितिले गर्ने उद्देश्य राखिएको बताए । गाउँस्तरमा गठन गरिएका शान्ति समितिले द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचनाको निर्माणका लागि सिफारिस गर्ने, पुनःनिर्माण कार्य सुरु गरिएका भौतिक संरचनाको अनुगमन गर्ने लगायतका काम गरिरहेको संयोजक थापाको भनाइ छ । 
जिल्ला प्रसासन कार्यालय सुर्खेतले आगामी साउन देखी द्धन्द्धपीडीत परिचय—पत्र बितरण गर्ने भएको छ । जिल्ला स्थीत सरोकारवालासंग सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको थियो ।
सुर्खेतबाट द्धन्द्धकालमा मृत्यु तथा बेपत्ता भएका परीवारलाइ सरकारले परिचय—पत्र बितरण गर्ने भएको हो । बिभिन्न राजनैतीक द्धन्द्धका बेला बेपत्ता पारिएका तथा मृत्यु भएका ब्यक्तिका सबैभन्दा नजिकका ब्यक्तिलाइ परिचय—पत्र बितरण गरिने प्रमुख जिल्ला अधिकारी पुरुषोत्त कुवंरले जानकारी दिए । 
साउन १ गते देखि जिल्ला प्रसासन कार्यालय मार्फत मृतक तथा बेपत्ताका नजिकका आफन्तहरुले परिचय—पत्र बितरण गरिने र सम्पूर्ण द्धन्द्ध पीडीत मृतक तथा बेपत्ताका आफन्तलाई उक्त परिचय—पत्र लैजान समेत जिल्ला प्रसासन कार्यालयले अनुरोध गरेको छ । बिगतको द्धन्द्धका बेला करीब १७ हजार मानिस मारिएको बिभिन्न तथ्यांङकले देखाएका छन् ।

No comments:

Post a Comment