Wednesday, July 3, 2013

बाढीपीडितलाई बाँकेबाट दुई लाख संकलन

नेपालगन्ज १९ असार ।
बर्दिया राजापुर क्षेत्रका बाढी पिडितलाई बाँके जिल्लाका सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान र संघ संस्थाबाट करिव दुई लाख बराबरको राहत संकलन भएको छ
। जिल्ला दैवि प्रकोप उद्धार समिति बाँकेका अध्यक्ष अध्यक्ष जिवनप्रसाद वलीको अध्यक्षतामा बसेको वैठकले २४ घण्टाभित्र राहत उपलव्ध गराउन अपिल गरे अनुसार बुधवार मात्र विभिन्न संस्था र निकाय, प्रतिष्ठानबाट सो राहत संकलन भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत बसन्त कनोजयाले नेपालगञ्ज उद्योग वाणिज्य संघले २१ हजार बराबरको चामल,  जिल्ला विकास समिति बाँकेले १५ कुइन्टल चामल, पेट्रोलियम डिलर्स एशोसिएसनबाट  ११ हजार, कोहलपुर उद्योग व्यापार संघले २० हजार, लायन्स क्लवले २० हजार, विजय मेटलले १५ हजार , केएल दुग्गड ग्रुपले ३३ हजार बराबरको ११ कुइन्टल चामल, भेरी अञ्चल ट्रक व्यवसायी समितिले २४ हजार बरावरको दुई सय थान तन्ना, साल्ट ट्रेडिङ कर्पोरेसनले एक कुइन्टल नुन उपलव्ध गराएको छ ।
यसै बीच बाँकेको लक्ष्मणपुर बाध पिडित संघर्ष समितिले जिल्ला प्रसाशन कार्यालय बाँकेमा बुधवार ज्ञापन पत्र बुझाएको छ । समितीले नदि किनारमा तत्काल तटबन्ध गर्नुर्ने, जोखिममा रहेका गाउँ बस्तीहरुलाई सुरक्षित ठाउँमा पुनस्र्थापना, डुवानको समयमा आवतजावत गर्न आपतकालिन साधनहरु तत्काल ब्यवस्था गर्नुपर्ने, बर्षायाममा भारत सरकारले कल्कल्वा तत्टबन्धमा रहेको सबै धोका खोल्न माग गर्दै ज्ञापन पत्र बुझएको हो । 
बाढीको उच्च जोखममा रहेका फत्तेपुर, होलिया, बेतहनी, बनकट्टी, गंगापुर र मटेहिया गाविस प्रत्येक बर्ष डुवान हुँदै आएको समितीका अध्यक्ष जगदिसबहादुर सिंहले जानकारी दिए ।

No comments:

Post a Comment