कर्मचारीदेखि पूर्व मन्त्रीसम्मको लाखौं लगानी
नेपालगन्ज २० असार ।
बाँके जिल्लाले पशुपालनका क्षेत्रमा फड्को मारेको छ । पछिल्लो दुई वर्षयता पशुपालनका क्षेत्रमा उत्साहजनक प्रगति भएको बताउदै पशुपालनका क्षेत्रमा सक्रिय बिज्ञहरुले सन्तोष व्यक्त गरेका छन् ।
बाँकेमा पशुपालनको क्षेत्रमा पनि बिशेष गरी गाईपालन, बङ्गुरपालन र बाख्रापालनमा उत्साहजनक लगानी र आर्कषण बढ्दै गएको जिल्ला पशुसेवा कार्यालय बाँकेले जानकारी दिएको छ । पूर्वमन्त्रीहरु, लामो समय बिदेशमा काम गरेर फर्किएकाहरु, सरकारी जागिरबाट अवकास पाएका कर्मचारीहरु देखि सर्वसाधारणसम्म यो क्षेत्रमा लागेका छन् ।
‘पशुपालनका क्षेत्रमा बाँकेले छलाङ्ग नै मारेको छ ।’ जिल्ला पशु सेवा कार्यालय बांकेका पशु चिकित्सक जनकराम भण्डारीले भने–‘यसले आर्थिक उन्नतीमा ठुलो सघाउ पु¥याउने छ ।’ पशु सेवा कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा बाँकेमा चालिस बढि गाई फार्महरु दर्ता भई सन्चालन भइरहेका छन् ।
‘एउटा फार्ममा पाँच वटादेखि चालिस वटा गाईसम्म पालिएको छ’ भण्डारीले भने–‘गाई फार्ममा लगानी गर्नेहरु पूर्वमन्त्रीदेखि बिदेशबाट घर फर्किएकाहरु र पूर्व माओवादी लडाकुहरु समेत रहेका छन् ।’ एउटा गाई फार्ममा न्यूनतम १५ लाखदेखि करोडसम्म लगानी रहेको भण्डारीले जानकारी दिए ।
नेपाल दुधमा आत्मनिर्भर बन्न नसकेका बेला बाँकेमा देखिएको गाईपालनको लहरले दुध अभावलाई हटाउने बिश्वास लिइएको छ । अहिले देशमा दैनिक चार लाख लिटर दुधको अभाव रहेको छ । ‘बाँके जिल्लामा गाईपालनको जुन लहर देखिएको छ , यसले देशकै दुध अभाव कम गर्न सहयोग गर्ने छ ।’–भण्डारीले भने ।
पाँच वर्षअघिसम्म बाँकेमा पशुपालनका क्षेत्रमा खासै रुचि र आर्कषण थिएन् । तर अन्य जिल्लामा पशुपालनका क्षेत्रबाट राम्रो आम्दानी गरेको देखेपछि यहाँपनि पशुपालनका क्षेत्रमा लगानी गर्ने क्रम सुरु भएको हो । अहिले बाँकेमा रहेका गाई फार्मकै दुधबाट २४ वटा दुध डेरी सन्चालनमा छन् र दैनिक ३ हजार लिटर दुध बाँकेबाट काठमाडौं खपत हुने गरेको छ ।
पशु चिकित्सक भण्डारीका अनुसार बाँकेमा बङ्गुरपालनको मात्र ४३ वटा फार्महरु रहेका छन् भने आधा दर्जन बडि बाख्रा फार्महरु रहेका छन् । ‘बाँकेमा पशुपालनका क्षेत्रमा करोडांैको लगानी लागिसकेको छ’–भण्डारीले भने । पशुपालक कृषकहरुको लगानीलाई सुरक्षित गर्न पशु सेवा कार्यालयले बिभिन्न योजनाहरु अघि ल्याएको छ ।
पशु सेवा कार्यालयले गाईपालक कृषकहरुलाई निःशुल्क घाँस बितरणदेखि स्वास्थ्य क्षेत्रमा आइपर्ने समस्याको समाधान गरिरहेको छ । यस्तै कृत्रिम गर्र्भाधारणलाई पनि अभियानकै रुपमा लगिएको छ । चालु आर्थिक वर्षमा पशु सेवा कार्यालयले ३ हजार गाईको किक्रिम गर्भाधारण गरिसकेको छ ।
‘आमनागरिकहरुले पुशपालनको क्षेत्रमा जसरी लगानी गर्नुभएको छ । त्यसबाट हामी उत्साहित छौं ।’ पशु सेवा कार्यालयका चिकित्सक भण्डारीले भने–‘त्यसलाई सघाउ पु¥याउनु हामीहरुको दायित्व हो ।’
No comments:
Post a Comment