सुर्खेत, १८ असार ।
सवारी चालकहरुलाई आफनो कामप्रति जिम्मेवार बोध गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चेतना मुलक कार्यक्रम गरेको छ । सोमबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सवारी दुर्घटना कम गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सचेत तुल्याएको हो ।
ट्राफिक सवारी चालकहरुलाई आफ्नो कामप्रति जिम्बेवारी बोध र सवारी दुर्घटना न्यूनिकरणका लागी प्रहरीले चेतना मुलक पर्चा वितरण गर्नुका साथै ट्राफिक नियम सम्बन्धमा पनि जानकारी गराएको थियो ।
सवारी चालकको सिट अगाडी म कुशल चालक हुँ, यात्रीलाई समयमै गन्तव्यमा पु¥याउनु मेरो धर्म हो आफनो सवारी साधन सही तरीकाले चलाउनु मेरो सफलता र मादक पदार्थ सेवन गरी तिब्र गतिमा सवारी चलाउनु मेरो मूर्खता हो जस्ता कुरा लेखिएका पर्चा टाँस गरी जानकारी मुलक कदम चालेको हो ।
सडकमा उभिएर चेकजाँच संगै सवारी चालकहरुलाई जिम्मेवारी बोध गराए थप सचेतना बढ्ने भन्दै ट्राफिक प्रहरी प्रमूख जीवन बुढाथोकीले यस्ता गतिविधीमा तिब्रता दिइने समेत बताए । प्रहरीले गत आर्थिक वर्ष ०६८÷०६९ मा कूल ५० सवारी साधन दुर्घटनामा १७ जनाको मृत्यू भएको जनाएको छ भने चालु आर्थिक बर्ष ०६९÷०७० मा ४३ ओटा दुर्घटनामा ३३ जनाले ज्यान गूमाइ सकेको जनाएको छ ।
जिल्लामा सवारी साधनहरुको चाप बढेसंगै दुर्घटना समेत बढेको प्रहरीको भनाई छ । ट्राफिक प्रहरी कार्यालय सुर्खेतले राजश्वमा भने गतबर्ष भन्दा यस वर्षमा बृद्धि भएको जनाएको छ । गएको वर्ष कूल १८ लाख ७७ हजार ९ सय २५ रुपैयाँ संकलन गरेकोमा चालुआर्थिक बर्ष सकिन लाग्दा हालसम्म २५ लाख ३९ हजार राजश्व संकलन गरिएको बताईएको छ । जुन गत आर्थिक बर्षको तुलनामा ७ लाखले बढि हो ।
मध्यपश्चिममा तीनसय ट्राफिक पुगेनन्
मध्यपश्चिम विकास क्षेत्रमा करिब ३ सय भन्दाबढी ट्राफिक प्रहरीको अपुग देखिएको छ । मध्यपश्चिम क्षेत्रका १२ ओटा जिल्लामा चाहिने संख्यामा ३ सय भन्दा बढी ट्राफिक प्रहरी अपुग भएको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मध्यपश्चिमका १२ जिल्लाका लागि न्यूनतम ५ सय बढी ट्राफिक प्रहरीको आवश्यक पर्ने मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका ट्राफिक प्रहरी उपरिक्षक एसपी टेकबहादुर गुरुङले बताए । गुरुङका अनुसार अहिले १२ जिल्लामा २ सय ५ जना मात्र कार्यरत रहेका छन् । अझै ३ सय ट्राफिक प्रहरीको आवश्यक पर्ने उनको भनाई छ ।
१२ जिल्लामा यातायात पुगीसकेकाले सबै जिल्लामा ट्राफिक प्रहरी राखिएको छ । तर, दरबन्दी अनुसार ट्राफिक प्रहरी कार्यरत नहुँदा थुप्रै समस्या परेको गुरुङको भनाई छ । १ सय ७५ जना ट्राफिक प्रहरीको आवश्यक पर्ने बाँकेमा हाल ३२ जना मात्र कार्यरत छन् । यसैगरी, सुर्खेतमा २४, दाङमा ३१ र बर्दियामा १५ जनामात्र कार्यरत रहेको उनले बताए । जनशक्तिको अभावका कारण सोचेजति काम गर्न सकिएको छैन, गुरुङले बताए । जनशक्तिको अभावसँगै मध्यपश्चिमका सबै जिल्लामा स्रोत र साधनको अभाव छ ।
No comments:
Post a Comment