राष्ट्रिय भुमिअधिकार मञ्च सुर्खेतले हालसम्मको आफ्ना गतिबीधीहरु सार्वजनिक गरेको छ । वीरेन्द्रनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी मञ्चले आफ्ना गतिबिधिहरु सार्वजनिक गरेको हो ।
मञ्चलाइ हाल सामाजिक बिकास तथा अनुसन्धान केन्द्र बांके, सामुदायीक आत्मनिर्भर सेवा केन्द्र बाँके लगाएतका संस्थाले सहयोग गरेको बताइएको छ । अधिकारमुखी अभियानमा सरोकारवालाको आर्थिक सहभागीता, आर्थिक पारदर्शीताको लागी लेखाजोखा सम्बन्धी कार्यक्रममा मञ्चका कोषाध्यक्ष चन्द्रा चौधरीले कुल ७ लाख ८ हजार ८ सय ५४ रकममा बिभिन्न ठाउँ बाट सहयोग तथा संस्थाको आन्तरीक श्रोत रहेको तथा जसमा ६ लाख ८४ हजार ५५१ रुपैयाँ खर्च सहितको आर्थिक बिवरण प्रस्तुत गरेका थिए ।
जसमध्ये ३८ प्रतिशत अभियानमा खर्च भएको पाइएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सचिव राजेन्द्र शर्माले सरोकारवाला निकायसंग सकारात्मक बहस गहिरिँदै गएको र भुमिअधिकारका क्षेत्रमा सकारात्मक प्रभाव परेको बताए । साथै सहभागीहरुले भुमिअधिकार बाट बञ्चित तथा गरीबमाथी भइरहेका अन्याय, अपमान र ढीलासुस्तीलाई कम गर्न एकजुट हुनु पर्नेमा जोड दिएका छन् । जिल्लास्थीत बिभिन्न राजनैतीक दलहरुको सहभागीता रहेको कार्यक्रम भुमिअधिकार मञ्चका अध्यक्ष पहलसिहं पराइको अध्यक्षतामा सम्पन्न भएको हो ।
No comments:
Post a Comment