सुर्खेत, २२ असार ।
जनसेवा उच्च मावि घुस्रामा शुक्रबार कथा लेखन प्रतियोगिता सम्पन्न भएको छ । निमावि र मावि तहको छुट्टा छुट्टै गरिएको प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुस्कार वितरण गरिएको थियो ।
मावि तर्फको प्रतियोगितामा शान्ता रेग्मी प्रथम, बासुदेव शर्मा द्धितीय, बमबहादुर खड्का तृतीय र कमला चौधरी सान्त्वना भएका छन् । निमावि तर्फको प्रतियोगितामा सन्तोष चौधरी प्रथम, सुरेश चौधरी द्धितीय, रिना चौधरी तृतीय र राजेन्द्र विष्टले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
कार्यक्रममा असार महिनाको पहिलो र दोस्रो शुक्रबार सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापमा स्थान ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको विद्यालयका प्रअ भक्तबहादुर शाहीले जानकारी दिए ।
अंग्रेजी निबन्ध लेखन तथा मावि र निमावि तहमा गरिएको चित्रकला प्रतियोगिताको पुरस्कार वितरण गरिएको शाहीले बताए । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको उजागर गर्न विद्यालयले प्रत्येक शुक्रबार पाठ्यक्रम सहयोगी विभिन्न क्रियाकलापको आयोजना गर्ने गरेको छ ।
No comments:
Post a Comment