Friday, July 5, 2013

कुटपिट गर्ने माथि कारबाहीको माग

सुर्खेत, २२ असार ।
आफ्नो समितिद्धारा सञ्चालित बसका सह—चालकमाथि कुटपिट भएको भन्दै काँक्रेबिहार यातायात व्यवसायी संघले आपत्ति प्रकट गर्दै दोषिलाई कारबाहीको माग गरेको छ । 

संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ना ४ ख ९०१३ नं. को वसका सह—चालक मिमराज शाहीलाई मध्यपश्चिम यातायात व्यावसायी संघका कर्मचारी तथा नेपाल यातायात मज्दुर संघका केन्द्रीय सदस्य समेत रहेका धु्रब थापा लगायतका व्यक्तिहरुले कुटपिट गरेको जनाएको छ । 
“हातपात गरी घाईते बनाएको घटनाले संघको ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ “यस्ता कायरतापूर्ण घटनाको संघ भत्सर्ना गर्दछ ।” विज्ञप्तिमा दोषिलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाउन र पिडितलाई राहात उपलब्ध गराउन प्रशासन समक्ष अनुरोध समेत गरिएको छ । 

No comments:

Post a Comment