Monday, July 8, 2013

सुर्खेतमा डेढ लाखले फोटो खिचे

सुर्खेत, असार २५ ।
सुर्खेतमा डेढ लाख बढीले फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले अनुसार जेठ मसान्त सम्म एक लाख ५२ हजार पाँच सय ८ जनाले फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता गराईसकेका छन् । 

अघिल्लो निर्वाचनमा दुई लाख १४ हजार एक सय ८३ जनाले मतदान गरेका थिए । सामुदायिक सारथी संस्थाको आयोजनामा सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो संबिधान सभा निर्वाचन र स्थानिय सरोकार बिषयक अन्र्तक्रियामा जिल्ला निर्वाचन अधिकृत तिलक रिजालले विगतको निर्वाचनको मतदाता संख्याको तुलनामा यस पटक मतदाता संख्या घटेको भन्दै नामावलीमा नाम दर्ता गराउनका लागि प्रचार प्रसारलाई तिब्रता दिईएको बताए । 
रिजालले मतदाता संख्या बढाउनका लागि प्रचार प्रसारको कार्यलाई तिब्रता दिईएको र राजनीतिक दलहरुका स्थानिय संयन्त्रहरुलाई पनि परिचालन गर्न आग्रह गरिएको बताए । यहि असार मसान्त सम्म मात्रै फोटोसहितको मतदाता नामावली नाम दर्ता गर्न सकिने छ । कार्यक्रममा सहभागि सरोकारवालाहरुले मतदाता संख्या बढाउनका लागि प्रभावकारी ढंगबाट स्थानिय तहसम्म प्रचार प्रसारलाई तिब्रता दिनुपर्ने बताएका छन् । साथै उनीहरुले सबै क्षेत्र, समुदाय र जातजातीको समाबेशिकरण प्रतिनीधित्वका लागि मतदान केन्द्रहरु पायक पर्ने ठाँउमा तोकिनुपर्ने, सुरक्षा र सहज वातावरण निर्माण गनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा एकिकृत नेकपा माओवादीका जित बहादुर राना, नेकपा एमालेका टेकेन्द्र कुमार बस्नेत, अधिबक्ता कृष्ण हमाल, अखिल नेपाल महिला संघकी अध्यक्ष मोहन माया ढकाल, दलित महिला संघकी अध्यक्ष मञ्जु सुनार लगायतको सहभागिता थियो ।

No comments:

Post a Comment