Monday, July 8, 2013

छवि माविको अध्यक्षमा नेपाली

सुर्खेत, २५ असार
छवि निम्न माध्यामिक विद्यालय कालागाउँ सुर्खेतको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामकृष्ण नेपाली चयन भएका छन् । जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले नेपालीलाई विव्यस अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा सुमित्रा रजवार, पार्वती आचार्य र पार्वती न्यौपाने रहेकाछन् । यस्तै सोमबार नै भेलाबाट परशुराम गौतमको अध्यक्षमा शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । संघको सदस्यहरुमा चन्द्रा बराईली, लक्ष्मी थापा, शारदा बोहोरा र मीना गौतम रहेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद गौतमले जानकारी दिए । अभिभावक भेलामा भाष्करदेव भारी र भीम पाण्डेले स्थापना गरेको अक्षयकोषको ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष खगेन्द्रदेव गिरीले एक लाख एक सय एक को कालिका खगेन्द्र नामक छात्रवृति स्वरुपको चेक विद्यालयका प्रधानाध्यापक गौतमलाई हस्तान्तरण गरेका थिए । विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, शिक्षाप्रेमी एवं बुद्धिजीविहरुको सहभागिता रहेको कार्यक्रममा प्रधानाध्यापक गौतमले ३३ लाख ३७ हजार ५ सय ७२ बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

No comments:

Post a Comment