Friday, August 30, 2013

मध्यपश्चिमका ८२ हजार हेक्टर जग्गा सिचाईबाट बन्चित

  1. सुर्खेत, १४ भदौ ।
    मध्यपश्चिमका १५ जिल्लामा ८२ हजार हेक्टर सिंचाइ योग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सोही कारणले ती जिल्लाका अधिकांश कृषकले आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकता अनुसारको उब्जनी हुन नसकेको कृषकहरुको गुनासो छ ।
    मध्यपश्चिमको २ लाख २३ हजार हेक्टर खेती योग्य जमिनमध्ये १ लाख ४१ हजार जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको क्षेत्रीय सिचाइ निर्देशनालय सुर्खेतले जनाएको छ । सो कार्यालयका अनुसार सिचाई सुविधा पुग्नबाट बन्चित ८२ हजार हेक्टर मध्ये करिब १० हजार हेक्टरमा तत्काल सिचाई सुविधा पु¥याउने कार्यक्रम संचालन भैरहेको छ । सो कार्यक्रम आगामी बर्षसम्म पुरा हुने पनि उक्त कार्यालयले जनाएको छ ।
    मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा उपयुक्त प्रविधि, उर्जाको अभाव तथा बिजुलीको समस्याका कारण ८२ हजार हेक्टर सिँचाइ योग्य जमिनमा सिँचाइ नपुगेको सो कार्यालयले जनाएको छ । 
    देशको अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमको कर्णाली अन्चल सबैभन्दा पिछिडिएको कारण सो अन्चलका ५ जिल्लाहरु सिचाईबाट पूर्ण रुपले बन्चित भएको पनि उक्त कार्यालयको भनाई छ  ।
    गतबर्ष मात्र कर्णाली अन्चलमा सिचाई कार्यालय खोलिएकोले अब सो अन्चलमा पनि सिचाईका कार्यक्रम लागु गरिने भएको छ । मध्यपश्चिमका तराइका जिल्लाहरुमा सिँचाइको राम्रो सुविधा पुगेपनि पहाडि जिल्लाहरु सिँचाइ सुविधाबाट बञ्चित रहेका छन् ।

No comments:

Post a Comment