Friday, August 30, 2013

शिक्षक संगठनको गर्पनमा भेला

सुर्खेत, १४ भदौं ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सुर्खेतको सांगठनिक सुदृढिकरण अभियान अन्तरगत गाउँ कमिटी गर्पनको आयोजनामा एक दिने प्रशिक्षण तथा भेला सम्पन्न भएको छ ।

जिल्ला कमिटी सचिव जंगबहादुर दर्लामीको प्रमुख आतिथ्यता, गाउँ कमिटी अध्यक्ष प्रेम रानाको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा इलाका इन्चार्ज डम्मर ढकाल, इलाका कमिटी सदस्य जिवन पुलामी, यामलाल आचार्य सहितले आ–आफ्नो भनाई राखेका थिए ।
अभियान अन्तर्गत सदस्यता नविकरण, विश्वविद्यालय सहयोग संकलन, जिल्लामा भएका शैक्षिक समस्याका बारेमा छलफल सहित एक दिने प्रशिक्षण भेला सम्पन्न भएको छ ।

No comments:

Post a Comment