सुर्खेत, १४ भदौ ।
हिन्दू धर्मअनुसार श्रीकृष्ण जन्माष्टमीको रथयात्रा विहिबार वीरेन्द्रनगरमा भव्य कार्यक्रमका साथ भएको छ । हिन्दू धर्मका विभिन्न शाखा एवंम अङ्गको रुपमा रहेका संस्थाले आ–आफ्नो तरिकाले कार्यक्रम मनाए । कसैले रथयात्रा, कसैले भजन गाएर त कसैले पन्चेबाजा सहित बजार परिक्रमा गरेका थिए ।

कृष्ण मन्दिर, त्रिपुरेश्वर मन्दिर, आनन्देश्वर मन्दिर व्यावस्थापन समिति, ओमशान्ति तथा नेपाल मानव धर्म सेवा समितिले द्वापर युगका महापुरुष भगवान श्रीकृष्णको भजन, सत्संग, ब्यानर तथा फोटो सहितको प्ले कार्ड बोकी ¥याली गरेका थिए । तर नेपाल मानव धर्म सेवा समितिको ¥याली भने अलिकती फरक थियो ।
उनीहरु ‘हिन्दू, मुस्लिम, बौद्ध इसाई ः हामी सबै भाइभाई’ भन्ने नाराका सार्थ कार्यक्रममा उपस्थित थिए । सुर्खेतमा यतिवेला विभिन्न जातीय तथा धार्मिक संघसंस्थाहरुमा फुट देखिएको अवस्थमा यो नाराले सबै धर्मलाई एकृकीत गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।
मानव धर्म सेवा समितिले मानव भएपछि सबैे मानवीय सेवा र धर्मलाई आत्मसाथ गर्नु पर्ने जोड दिँदै आएको छ ।
No comments:
Post a Comment