सुर्खेत, १४ भदौ ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ नगर कमिटिले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको तीज बिशेष कार्यक्रममा महिलाहरुले तीजगीतबाटै आगामी संविधानसभामा महिलाको उचित प्रतिधित्व हुनुपर्ने माग गरेका छन् ।
तीज बिशेष कार्यक्रममा बोल्दै अनेमसंघकी केन्द्रिय सल्लाहाकार लक्ष्मीकान्त पन्तले पछिल्लो समय तीज भड्किलो बन्दै गईरहेकोमा चेतनामुलक तीजगीतहरुले सकारात्मक सन्देश प्रवाहमा सहयोग पु¥याउने बताइन् । ‘संस्कृती नै लोप हुने प्रकारका गीतहरुले बजार पाईरहेको अवस्था छ,’ उनले भनिन्, ‘स्थानीय स्तरबाटै भएपनि शन्देसमुलक तीज गीतहरु गाउनु सकारात्मक कदम हो ।’
कार्यक्रममा अनेमसंघ सुर्खेतकी अध्यक्ष मोहनमाया ढकालले संस्कृतिलाई जर्गेना गर्नकै लागि तीज बिशेष कार्यक्रमको आयोजना गरिएको बताईन् । ‘हिन्दु नारीहरुको एकमात्र महान चाडलाई जोगाइ राख्न जरुरी छ,’ उनले भनिन्, ‘यसैको प्रयासस्वरुप चेतनामुलक तीजगीतहरु गाएर कार्यक्रम सम्पन्न गरेका छौ, सबैले यसतर्फ ध्यान दिनुपर्छ ।’
ऋषि स्मति प्रतिष्ठान (एमाले पार्टी कार्यालय) अगाडी भएको खुल्ला तीजगित प्रतियोगिता वीरेन्द्रनगर नगरपालिका भित्रका १४ वटा समूहले सहभागिता जनाएका थिए ।

अनेम संघ वडा कमिटीबाट सहभागि भएका महिलाहरुले समसामयिक राजनीतिक अवस्था, महिला अधिकारका बारेमा गित मार्फत आफ्नो बेदना पोखेका थिए । प्रतियोगितामा अनेम संघ वडा नं. ८ प्रथम, अनेम संघ वडा नं. ३ द्धितीय, अनेम संघ वडा नं. ९ तृतीय र अनेम संघ वडा नं. १ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
अनेम संघ नगर कमिटी अध्यक्ष टीका अधिकारीको अध्यक्षता एवंम अनेम संघ केन्द्रीय सल्लाहकार लक्ष्मीकान्त पन्तको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । अनेम संघ अञ्चल सदस्य लक्ष्मी शर्मा, अनिता कोइराला, राजु गुइदेल, जिल्ला कमिटी अध्यक्ष मोहनमाया ढकाल, राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालकृष्ण विसी, एमाले उपाध्यक्ष शिवप्रसाद उपाध्याय, सचिव गगनसिंह सुनार, एमाले संगठन विभाग प्रमुख अमृत विसी सहितले आ–आफ्नो भनाई राखेका थिए ।
त्यसैगरी अनेम संघ सचिव धना जिसी, सहसचिव राधा कार्की र कोषाध्यक्ष पदमा खड्का सहितले महिला आन्दोलन, संविधान सभामा महिला सहभागिताका विषयमा बोलेका थिए । प्रतियोगिताको निर्णयक डा. दिपक गौतम र पवित्रा शाहीले गरेका थिए ।
No comments:
Post a Comment