Saturday, August 17, 2013

रक्तदान कार्यक्रम सम्पन्न


सुर्खेत २ भदौँ । 

युवाका लागि युवा सञ्जाल सुर्खेतले शनिबार उत्तरगंगा–८ एरिचोकमा एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको छ ।
रक्तदाननै जीवन दान हो भन्ने मुल नाराका रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रम जिल्ला प्रहरि कार्यालयका एस.पि प्रकाश अधिकारी र  डि.एस.पि दीपक रेग्मीले रगत दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा २५ जना व्यक्तिहरुले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख टंकप्रसाद चापागाई, ट्राफिक प्रहरी प्रमुख जीवन बुढाथोकी लगायतले आफ्नो भनाई राखेका थिए । जिल्ला प्रहरी कार्यालयका एस.पि प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ ।

No comments:

Post a Comment