Saturday, August 17, 2013

कुखुरापालन सम्बन्धी तालिम


सुर्खेत, २ भदौं ।
यहाँका १२ जना लघु उद्यमीहरुलाई व्यवसायिक बोइलर कुखुरापालन सम्बन्धि तालिम दिइएको छ ।
मंगलबारदेखि सुरु भएको तालिम पाँच दिन सम्म सञ्चालन भएको थियो । कुखरापालन गर्दै आएका लघु उद्यमीहरुलाई व्यवसायिक तालिम प्रदान गरी उत्पादनमा थप  सहयोग पु¥याउने उद्देश्यले तालिम  दिइएको हो ।
लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय सहयोग कार्यालय सुर्खेतको सहयोग तथा जिल्ला लघु उद्यमी समूह संघ सुर्खेतको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । लघु उद्यमीको सिप विकास र उनीहरुको  क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघ सुर्खेतका कार्यक्रम संयोजक ओमप्रकाश थापाले जानकारी दिए । 
तालिम समापन कार्यक्रममा बोल्दै लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यालयकी उद्यम विकास अधिकृत रजनि थापाले तालिमले व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने बताइन् । 
तालिममा साटाखानी, रामघाट र वीरेन्द्रनगरमा व्यवसायिक रुपमा कुखुरापालन गर्दै उद्यमीहरुको सहभागीता रहेको थियो । जिल्ला पशु सेवा कार्यालय सुर्खेतका पशु चिकित्सक नारायणप्रसाद न्यौपानेले तालिमको सहजिकरण गरेका थिए ।  
जिल्ला लघु उद्यमी समूह संघ सुर्खेतकी अध्यक्ष हरिकला रानाले व्यवसाय गरिरहेका आफ्ना सदस्यहरुलाई तालिम प्रदान गरी व्यवसाय वढाएर लघु उद्यमीबाट उद्योगी वनाउन सहयोग गर्ने बताईन् ।

No comments:

Post a Comment