सुर्खेत, २ भदौं ।
नेकपा एमालेका नेता एवंम पूर्वमन्त्री यामलाल कंडेलले स्थानीय स्तरमा चुनावी प्रचारमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । देश चुनावी माहोलमा गैसकेको भन्दै पूर्वमन्त्री कंडेलले चुनावको विकल्प नभएको बताए ।
नेकपा एमाले वीरेन्द्रनगर वडा नं. २ वडा कमिटीको आयोजनामा सनिवार सम्पन्न कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्दै कंडेलले उक्त कुरा बताए । सुर्खेतमा विगतको निर्वाचनमा समेत एमाले पहिलो पार्टी भएको बताउँदै पूर्वमन्त्री कंडेलले आगामी संविधान सभाको निर्वाचनमा समेत सुर्खेती जनताले एमालेलाई पहिलो शक्तिका रुपमा ल्याउने बताए ।
नेकपा एमालेले सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा कार्यकर्ता भेला गरेको छ । वडा नं. २ को पार्टी शाखा कमिटिले आयोजना गरेको कार्यकर्ता भेलामा चार जना नयाँ व्यक्तिले पार्टीमा औपचारिक प्रवेश गरेका छन् ।
पार्टी प्रवेशपछि नयाँ संगठित सदस्यहरुलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य वालाराम शर्माले सपथ ग्रहण गराएका थिए । भेलामा निवर्तमान संविधानसभा सदस्य तथा पूर्वमन्त्री यामलाल कंडेलले प्रशिक्षण दिएका थिए । भेलामा जिल्ला कमिटि सदस्य डम्मर नेपाली तथा नगर कमिटि अध्यक्ष पूर्णप्रसाद पौडेल लगायतको सहभागीता थियो ।
No comments:
Post a Comment