Saturday, August 17, 2013

छिन्चुमा वडा भेला सम्पन्न


सुर्खेत, २ भदौ ।
नेकपा एमाले गाउँ कमिटि छिन्चुले गाविसका ९ वटै वडाहरुमा वडा भेला सम्पन्न गरेको छ ।
एमालेले शनिबार वडा नं. १ अन्तर्गत बबई–हात्तीखालमा भेला सम्पन्न गरेको छ । भेलाबाट शिवलाल गौतमको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरिएको जनाइएको छ ।
भेलामा नेकपा एमाले जिल्ला कमिटि सुर्खेतका सचिवालय सदस्य डण्डीप्रसाद शर्माले जनपक्षिय संबिधान बनाउनका लागि आगामी निर्वाचनमा एमालेलाई दुई तिहाई बहुमतलले जिताउनुपर्ने बताए । 
उनले एकिकृत माओवादी र कांग्रेसको टक्रापका कारणले गत संबिधानसभाबाट संबिधान बन्न नसकेको बताउँदै आगामी निर्वाचनमा पनि माओवादीकोलाई जिताएमा कुनै हालतमा संबिधान नबने दाबि गरे । भेलामा एमाले क्षेत्र नं. १ का सचिव यज्ञप्रसाद ढकाल, जिल्ला कमिटि सदस्य गोकर्ण गुरुङ, गाउँ कमिटि अध्यक्ष लालमणी पौडेल लगायतले बोलेका थिए  । 

No comments:

Post a Comment