सुर्खेत, २ भदौं ।
सुर्खेतमा मध्यपश्चिमाञ्चल बहिरा सशक्तिकरण संघ गठन भएको छ । वीरेन्द्रनगरमा शनिवार आयोजित बहिराहरुको भेलाले यज्ञबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।
संघको उपाध्यक्ष मनिषा खत्री, सचिवमा नन्दलाल सुनार, कोषाध्यक्षमा टिका शाही तथा सदस्यहरुमा सीता सिग्देल, दिलमाया, पोखरेल, चन्द्रबहादुर बुढा, माया केसी र लक्ष्मी कार्की चयन भएका छन् । असंगठित हुँदा विगतदेखि नै उपक्षेत र अपहेति हुँदै आएका जिल्लाका बहिराहरुको हक, हित र अधिकारका लागि मप बहिरा सशक्तिकरण संघ गठन गरिएको संघका अध्यक्ष कार्कीले जनाए ।
उनका अनुसार संघले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा निर्मला पोखरेल, नन्दप्रसाद चौलागाई, हरिप्रसाद सिग्देल, मधुकरजंग थापा र कानूनी सल्लाहकारमा ध्रुवकुमार श्रेष्ठ रहेका छन् ।
No comments:
Post a Comment