अन्तरिम आदेश गर्नु नपर्ने अदालतको फैसला
सुर्खेत, २८ असार ।
पुनरावेदन अदालत सुर्खेतले आइतबार काँक्रेविहारमा बुद्धको मुर्ति राख्ने विषयको फैसला गरेको छ । जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षि बनाएर दायर मुद्धाको सुनुवाई गर्दै पुनरावेदन अदालत सुर्खेतले विभिन्न सरकारी निकायबाट लिएका सिफारिसले कानूनि मान्यता नपाउँने सहित हाललाई अन्तरिम आदेश गर्नुनपर्ने फैसला गरेको छ ।
न्यायाधिस कुमारप्रसाद पोखरेल र केशवराज जोसीको संयुक्त इजलासले विपक्षिका नाममा उक्त फैसला
गरेको हो । काँक्रेविहार ऐतिहाँसिक, पुरातात्विक संरक्षण समितिका अध्यक्ष पदमदेव गिरी र लाटिकोइलीका स्थानीय तीलबहादुर भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै पुनरावेदनले यस्तो फैसला गरेको हो । उक्त फैसलासंगै विगतमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुले बुद्धको मूर्ति राख्ने विषयमा गरेको सिफारिस अवैध भएको छ ।
जिल्ला विकास समिति, जिल्ला वन कार्यालय तथा लाटिकोइली गाविसको कार्यालयलाई विपक्षि बनाइएको थियो । काँक्रेविहार संरक्षित वन क्षेत्रमा गौतम बुद्धको मुर्ति स्थापना गर्न नहुने भन्दै पुनरावेदन अदालतमा रिट परेको थियो । निवेदकका पक्षबाट बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ता प्रेमध्वज शाही, कृष्ण हमाल, नन्द भण्डारी र उत्तम आचार्यले गरेका थिए ।
रिटमा काँक्रेविहार ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको पर्यटकीय स्थल भएको र वन ऐन र कार्ययोजना विपरित बुद्धको मूर्ति स्थापना गर्न लागिएको उल्लेख गरिएको छ । जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला वन कार्यालय सुर्खेतले पनि काँक्रेविहारमा मूर्ति स्थापना गर्न सरकारलाई सिफारिस गरेको भन्दै गैरकानूनि भएको रिटमा उल्लेख छ ।
अध्यक्ष गिरीले वि.स. २०६८ मा सरकारले बनाएको कार्ययोजनालाई कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारी निकायहरुले नै मूर्ति स्थापना गर्न सिफारिस गर्नु गैरकानुनि रहेको बताए । नेपाल आदीवासी जनजाति महासंघ र खाम्पा समाज नेपाल लगायतका संगठनले आन्दोलन चर्काएपछि सरकारले भने काँक्रविहारमा मूर्ति राख्ने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएको थियो ।
काँक्रेविहारमा मूर्ति राख्न हुने र नहुने भन्ने विषयमा विवाद भइरहेका बेला मूर्ति स्थापना गर्न नहुने भन्दै पुनरावेदन अदालतमा रिट परेको थियो । काँक्रेविहार ऐतिहाँसिक, पुरातात्विक संरक्षण समितिका अध्यक्ष पदमदेव गिरी र लाटिकोइली गाविसका स्थानीयवासी तीलबहादुर भण्डारीले पुनरावेदनमा रिट दायर गरेका थिए ।
उनले काँक्रेविहारलाई कृत्रिम नभई प्राकृतिकरुपमै रहन दिनुपर्ने जिकिर गरे । पच्चिस सय ५७ औं बुद्ध जयन्तिको दिन काँक्रेविहारमा मूर्ति प्रतिस्थापन गर्न खोज्दा सुरु भएको विवादले अहिले ठूलो रुप लिएको हो । बौद्ध धर्मावलम्बीहरुले भने काठमाडौमा आन्दोलनका कार्यक्रम केन्द्रित गरेका छन् ।

No comments:
Post a Comment