Friday, August 2, 2013

पारिश्रमिक नपाएपछि प्रशासनमा निवेदन

सुर्खेत, १९ साउन ।                                                                                                      
आफूले काम गरेको पारिश्रमिक नपाएपछि सुर्खेतको धारापानी गाविसमा संचालन गरिएका साक्षारता कक्षाका १६ जना सहजकर्ताहरुले पारिश्रमिकको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । 

साक्षरता कक्षा सकिदा पनि पारिश्रमिक नपाएको भन्दै सहजकर्ताहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन । जिल्ला शिक्षा कार्यालय सुर्खेत अन्तर्गत साक्षर नेपालको कार्यक्रमद्धारा नविकरण महिला उत्थान समाजसंग समन्वगरी संचालन गरिएको साक्षर कक्षा असार १२ गते सकिएको थियो । 
साक्षरता कक्षा सकिँदा पनि आपूmहरुले पुुरै पारिश्रमिक नपाएका कारण प्रशासनमा आउन बाध्य भएको सहजकर्ता बिराज बिकले बताए । नियम अनुसार पमारिश्रमिक हालसम्म नदिइ ठग्ने प्रविति भएकाले सम्बन्धीत निकायले यसको छनविन गरि पारिश्रमिक उपलब्ध गराइदिन निवेदनमा माग गरिएको छ । 
२०६९ फागुन २५ गते साक्षर कक्षाको लागि महिला उत्थान समाज धारापानी–४ सुर्खेतबीच सम्झौता भएर सहजकर्ताहरुको लागि पारिश्रमिक पनि महिला उथानबाट दिने निर्णय भएकाले जिल्ला शिक्षा कार्यालयले नविकरण महिला उत्थान समाजलाई सारक्षरता कक्षाको लगि रकम दिइसके पनि पुरै पारिश्रमिक नपाएको सहजकर्ताहरुले बताएका छन् । 
नविकरण महिला उत्थान समाजकी अध्यक्ष कृष्णदेवी वलीले भने सहजकर्ताहरुले पूरै महिना नपढाएकाले पारिश्रमिक नदिएको बताएकी छन् । सहजकर्ताहरुले ३ महिना पुरै नपढाएको भन्दै जनगुनासो आएपछि पूर्ण पारिश्रमिक नदिएको उनले दाबी गरेकी छन् । उनले जिल्ला शिक्षा कार्यालयबाट पनि नपढाएकालाई पैसा नदिने निर्णय भएको बताइन् । 

No comments:

Post a Comment