Friday, August 2, 2013

युवा दिवसको अवसरमा विविध कार्यक्रम

सुर्खेत, १९ साउन ।                                                                                                                      
विश्व युवा दिवस २०१३ (अगष्ट १२÷साउन २८) को अवसरमा सुर्खेत जिल्लामा विविध कार्यक्रम गरिने भएको छ । दिवसको अवसरमा युवा लक्षित कार्यक्रमहरुको तयारीका लागि सरोकारवालाहरुको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरिएको हो । 

यही साउन २६ गते एकल खुला नृत्य प्रतियोगिता र २८ गते युवाको सवालमा अन्तरक्रिया गर्ने बैठकबाट निर्णय भएको जनाइएको छ । एकल नृत्य प्रतियोगितामा भाग लिनका लागि १६ देखि ४० बर्ष उमेरको हुनुपर्नेछ  भने जिल्ला खेलकुद विकास समितिसंगै रहेको युवा सूचना केन्द्रबाट आईतबार (२१ गते) देखि २५ गते सम्म फारम उपलब्ध गराईने जनाइएको छ । 
कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि युवा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रेम विकको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । देशका खम्बा युवाहरुलाई राज्यले उचित चासो नदिएको र सरकारले विनियोजित गर्ने बजेट समेत युवा मैत्री नभएको भन्दै युवाका पक्षमा सबै जिम्मेवारबोध गराउन कार्यक्रमले मद्धत गर्ने बताइएको छ । 
युवाको क्षेत्रमा काम गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, व्यापारी, बुद्धिजीवी, सर्बसाधारणसँग समन्वय र सहकार्य गरी कार्यक्रम गरिनेसमितिले जनाएको छ । 

No comments:

Post a Comment