पाम्का सातकी लक्ष्मी रजाली अहिले देशभर परिचित नाम हो । अहिले नेपालमा रहेका करिब ४० हजार महिला स्वास्थ्य स्वंमसेविकाहरु मध्ये उत्कृष्ठ काम गर्ने व्यक्तिका रुपमा उनी परिचित भएकी हुन् ।
२०३९ साल असोज २३ गते दहचौर गाविसमा जन्मिएकी उनी बिवाह पश्चात पाम्का गाविसको वडा नं. ७ मा बस्छिन् । लक्ष्मीले विगत ७ बर्ष देखि पाम्का–७ मा महिला स्वास्थ्य स्वंमसेविकाको रुपमा सेवा गर्दै आएकी छन् ।
स्वास्थ्य क्षेत्रमै जीवन विताएका बुबा केशरबहादुर थापाबाट सेवामा प्रभावित लक्ष्मी २०६३ सालमा स्वास्थ्य स्वंमसेविकाको जिम्मेवारी सम्हाल्दा आफू पनि एक गर्भवती महिला थिइन् । स्वास्थ्यमा सेवा गर्ने भित्रै देखि इच्छा शक्ति राखेकी लक्ष्मीलाई सेवा गर्ने अवसर मिलेपछि आफ्नो भन्दा अरुको समस्यालाई ठुलो ठानेर काम गर्न थालिन् ।
एउटा बच्चा काखमा र अर्काे बच्चा कोखमा बोकेर गाउँका गर्भवती दिदिवहिनी र बालबच्चाको सेवा गर्न उनी अहोरात्र खटिरहन्थिन् । सेवाभावकी उनलाई सेवा गर्न जिम्मेवारी नै आइपरेपछि गाउँका गर्भवति महिलाहरुको जाँचका लागि स्वास्थ्य केन्द्रसम्म पठाउने सुरक्षित रुपमा सुत्केरी गराउन चेतना फैलाउनुका उनको दैनिकी जस्तै थियो ।
कठिन परिस्थितिमा पनि सेवामा कटिबद्ध उनी जति बेला महिला दिदिबहिनीहरु सुरक्षित रुपमा सुत्केरी हुन्छ त्यति बेला सबै भन्दा आफ्नो खुशी महसुश गर्छिन ।
विना तलब विनास्वार्थ स्वास्थ्य सेवा खटिरहँदा लक्ष्मी २०६९ सालमा सुर्खेत जिल्लामा उत्कृष्ट स्वंसेवी घोषणा भइन् । उत्कृष्ठ घोषणा पश्चात उनमा काम गर्ने झनै होसला पलायो । अहिले लक्ष्मी देशभरकै स्वास्थ्य स्वंसेविकाहरुमध्ये उत्कृष्ठ भई हेल्थ अवार्ड २०७० बाट सम्मानित भएकीछन् । सम्मानसंगै परिवारमा सासु श्रीमान सहकर्मी आफ्न्त र शुभ चिन्तकले दिएको हौसलाबाट थप सेवाको भावना जागेको लक्ष्मी बताउँछिन् । आफ्नो सेवामा सधै उत्कृष्ठता कायम गर्ने लक्ष्मीको प्रतिबद्धता समेत रहेको छ ।
No comments:
Post a Comment