सुर्खेत १७, भदौं ।
राष्ट्रिय जनमोर्चाको भेरी अञ्चलस्तरीय अगुवा कार्यकता प्रशिक्षण भेला आईतबारदेखि वीरेन्द्रनगरमा शुरु भएकोछ
। भेरी–कर्णाली क्षेत्रीय समन्वयव समितिको आयोजनामा भेरी र कर्णाली अञ्चलका अगुवा कार्यकर्ताहरुलाई समसामयिक राजनैतिक परिस्थिती र आसन्न संविधान सभा निर्वाचनका सन्दर्भमा पार्टीका योजनाहरुको विषयमा जानकारी गराउने उद्देश्यले कर्णालीको मुगुमा र भेरीको वीरेन्द्रनगरमा दूई दिने प्रशिक्षण कार्यक्रम गरिएको जनाईएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय जनमोचार्का केन्द्रीय प्रतिनिधी एवं प्रशिक्षक तथा प्रमुख अतिथी कृष्ण पौडेलले चारदलीय सिण्डिकेट र विदेशीहरुको चलखेलका कारण मंसिर ४ मा चुनाव हुन नसक्ने बताएका छन् । कार्यक्रममा बोल्दै पौडेलले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षाका लागि चेतनामा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।
भेरी अञ्चलका सुर्खेत लगाएत दैलेख, बाँके, बर्दिया र जाजरकोटका चार दर्जन अगुवा कार्यकर्ताहरु सहभागी रहेको थियो । जनमोर्चा भेरी–कर्णाली संयोजक बासु पोखरेल, केन्द्रीय सदस्य तुल्सीराम सापकोटा, रत्नविक्रम प्याशी र मोमिना खातुन, नेकपा (मसाल) सुर्खेतका प्रवक्ता बालकृष्ण सुनार, नेकपा (मसाल) दैलेखका प्रवक्ता जगतप्रसाद रेग्मी, नेकपा (मसाल) बर्दियाका प्रवक्ता लोकबहादुर राना, लगायतको उपस्थिति रहेको जनाइएको छ ।
No comments:
Post a Comment