सुर्खेत, १७ भदौ ।
बजार संरक्षण अधिकृतको सरुवा भएर गएपछि सुर्खेतमा बजार अनुगमन प्रभावित भएको छ
। बजार संरक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा यहाँबाट कास्की सरुवा भएर गएपछि उनको सट्टामा आउने व्यक्ति सुर्खेत नआएरैबीच बाटै अन्यत्र सरुवा मिलाए गएपछि अनुगमन प्रभावित भएको हो ।
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर भने सरुवा भएर गएको व्यक्तिको सट्टामा अर्को व्यक्ति नआएपनि कुनै अर्को व्यक्तिलाई खटाएर अनुगमन सुचारु गरिने बताउँछन् । उनले चालु आर्थिक वर्षमा बजार अनुगमनमा ढिलाई भएपनि चार्डपर्वमा तीव्र पारिने जनाए । वर्षायाम शुरु हुनु पूर्व नै बजार अनुगमन तीव्र पारिने गरिएको सुर्खेतमा यस वर्ष चार्डपर्वहरु शुरु भइसक्दा समेत बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम बढेको सम्बद्धहरु बताउँछन् ।
समितिको अनुगमन ढिलाईको फाइदा उठाउँदै व्यापारीहरुले वर्षातमा बिग्रेका, कमसल र म्याद नाघेका बस्तुहरु खपत गर्न तर्फ लागेको स्रोतले जनाएको छ । चालु आर्थिक वर्षमा जिल्ला संयुक्त बजार अनुगमन समितिले हालसम्म जम्मा चार पटक मात्र बजार अनुगमन गरेको छ । जबकी अन्य जिल्लाहरुमा चार्डपर्व शुरु हुनु अगाबै सातामा दुई पटक अनुगमन गरिरहेको सञ्चार माध्यमबाट थाहा हुन आएको छ ।
जिल्ला प्रसाशन स्रोतका अनुसार बजार संरक्षण अधिकृत नभएकै कारण सम्बन्धित कार्य हेर्ने अरु व्यक्ति नतोकिएकाले बजार अनुगमन प्रभावित भएको जनाएको छ । यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका कोषाध्यक्ष लक्ष्मी ओलीले खासगरी चाडपर्वको बेला चनासो भएर सम्बन्धित निकायले बजार अनुगमन तिव्र पार्नुपर्ने बताईन् । उनले भारतीय उत्पादनका कमसल वस्तुहरुले उपभोक्ता बढी ठगिने भएकाले खाद्य र घरेलु प्रयोजनका सरसमानहरुको अनुगमन आवश्यक रहेको औल्याईन् ।
No comments:
Post a Comment