सुर्खेत, १७ भदौं ।
ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर–११ को आयोजनामा तीज विशेष प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सेयर सदस्यहरुवीचको प्रतियोगितामा ६ वटा महिला समूहको सहभागिता रहेको थियो ।
मिलन महिला समूह कालुन्चोक प्रथम, त्रिवेणी महिला समूह वी.न.पा.–१२ द्धितीय, दिदी बहिनी महिला समूह वी.न.पा.–१ तृतीय र सम्भना महिला समूह वी.न.पा. १२ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
सहकारी संस्था महिला उपसमितिका संयोजक टिका ढकालको अध्यक्षता एवंम बृद्ध पवित्रा ढकालको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रमा संस्थाका अध्यक्ष ओमप्रकाश सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment