Sunday, September 1, 2013

चुरेपर्वतको साधारणसभा


सुर्खेत, १७ भदौं ।
चुरेपर्वत साना किसान कृषि सहकारी संस्था लि. लेखपराजुलको साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाबाट संस्थाले पदमबहादुर वलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । 

जसको उपाध्यक्षमा धनसरा खड्का, सचिवमा सुरेन्द्रबहादुर बुढा क्षेत्री, कोषाध्यक्षमा कर्णबहादुर बुढा रहेका छन् । त्यस्तै सदस्यहरुमा मानसिंह थापा, दिलबहादुर ज्ञवाली, रामसरा बुढा लगायत ९ सदस्यीय रहेका छन् । 
साधारण सभामा संस्थाले आव ०६९।०७० को २७ लाख बराबरको आय–व्यय प्रस्तुत गरेको थियो । आव ०७०।०७१ का लागि ३७ लाख प्रस्तावित बजेट तथा कार्यक्रम संस्थाले प्रस्तुत गरेको थियो ।

No comments:

Post a Comment