Sunday, September 1, 2013

सेवाग्राहीलाई पाँच हजार सम्म क्षतिपूर्ति दिने घोषणा

सुर्खेत, १७ भदौं ।
सुर्खेतमा पहिलो पटक जिल्ला नापी कार्यालय सुर्खेतले क्षतिपूर्तिसहितको नागरिक वडापत्र कार्यान्वयनमा ल्याएको छ । जनताको काम समयमै नभएमा वडापत्रमा उल्लेख भए
अनुसारको क्षतिपूर्ति तिर्नेगरि वडापत्र कार्यन्वयनमा ल्याइएको हो ।
नापी कार्यालयकाअनुसार सरकारले ल्याएको क्षतिपूर्तिसहितको नागरिक वडापत्र व्यवस्थापन निर्देशिका २०६९ लागू गर्न निर्देशन दिएको थियो । शुक्रवार मध्यान्ह १२ वजे र अन्य वार दिउँसो १ बजेभित्र प्राप्त लिखित निवेदनका सवै प्रक्रिया पुरा भएपपनि त्यहि दिन काम नबनेमा सेवाग्राहिलाई क्षतिपूर्ति दिइने कार्यालयका नापी अधिकृत धर्मराज ओझाले बताए । उनले भने, शनिवार त शनिबार भइहाल्यो, विदा हुन्छ शुक्रवारको हकमा १२ बजेसम्म र अरु दिन दिउँसो १ बजे कार्यालयमा दर्ता भएका तर काम नभएमा क्षतिपूर्ति दिइनेछ ।
त्यसका लागि क्षतिपूर्तिको माग गरि सेवाग्राहिले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । अहिले नापी कार्यालयमा पुरानो नागरिक वडापत्रलाइ विस्थापन गरि क्षतिपूर्तिको रकम उल्लेख गरिएको नयाँ नागरिक वडापत्र कार्यालय अगाडी राखिएको छ ।
कामको प्रकृति हेरेर दुई सय ५० देखि करिव पाँच हजार रुपैयाँसम्म क्षतिपूर्ति दिन सकिने नापी कार्यालयले जनाएको छ । नापी अधिकृत ओझाले कित्ता काट, नक्सा टे«स, फिल्डवुक उतार, नक्सा प्रिन्ट, टायल चेकजस्ता सेवा प्रवाहमा त्यहि दिन काम हुनुपर्छ । अंशवण्डाको हकमा भने यो लागू नहुने भन्दै ओझाले अंशवण्डाको काम एक हप्ताभित्रमा काम सक्ने गरिएको बताए । उनले भने, अरु सवैमा तोकिएपनि, नक्सा सुधार, टायल चेकमा पनि फिल्ड जानुपर्ने भयो भने र अंशवण्डा सम्वन्धी काममा क्षतिपूर्ति दिइँदैन किनकी अंशवण्डाको काम सक्न हप्तादिन लाग्छ ।
सरकारले ल्याएको क्षतिपूर्ति सहितको नागरिक वडापत्र व्यवस्थापन निर्देशिका–२०६९ अनुसार कार्यालयको काम कारबाही बारे कार्यालय प्रमुखसंग सोझै गुनासो राख्न पाउने व्यवस्था छ । क्षतिपूर्ति सहितको नागरिक वडापत्र कार्यान्वयनपछि जनताका काममा लापरवाही गर्ने प्रवृत्ति अन्त्य हुने र जनताले सास्ती पाउने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment