सुर्खेत, १७ भदौं ।
चुनावी भेला सम्पन्न राप्रपा नेपाल सुर्खेतले वीेरेन्द्रनगरमा वडा नं. १ मा चुनावी भेला सम्पन्न गरेको छ । आइतबार नेपाल सुर्खेतले भेला सम्पन्न गरेको हो । भेलालाई सम्बोधन गर्दै राप्रपा सुर्खेतका कोषाध्यक्ष इश्वरकुमार श्रेष्ठले अबको निर्वाचनमा पहिलो पार्टी भएर जनताको माझमा आउने बताएका छन् ।
उनले आफूहले चुनावमा पहिलो भएर जनताको चाहना अनुसारको काम गर्ने बताए । भेलामा क्षेत्र नं. २ का सचिव श्याम पुरी, महिला संगठनकी केन्द्रीय सदस्य कर्णाकुमारी श्रेष्ठ र नगर अध्यक्ष टंकप्रसाद रेग्मीले आफनो भनाइ राखेका थिए ।
त्यसैगरी राप्रापा नेपालमा विभिन्न पार्टी त्याग गरी खेमराज चालिसे, विरबहादुर नेपाली, निलबहादुर विक, बसन्तकुमार कार्की, सन्तबहादुर विष्ट र मानविर विकले पार्टी प्रवेश गरेका छन् । कार्यक्रम वडा १ का अध्यक्ष माधव पुरीको सभापतित्वा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment