Sunday, September 1, 2013

“सबै पार्टीलाई नसमेटीए चुनावमा जाँदैनौ”– राई


सुर्खेत, १७ भदौ । 
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रतिपक्षमा रहेका सबै दलहरुलाई समेटेर नलगे आफ्नो पार्टी पनि चुनावमा नजाने अडान दोहो¥याएका छन् ।
संगठन निर्माणका क्रममा आइतबार सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्ष राईले शुभचिन्तकहरुसंगको भट तथा छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष राईले अहिलेको राजनीतिक समितिमा बहुसंख्यक जनताको प्रतिनिधित्व गर्ने दलहरु नसमेटिएकाले सबैको प्रतिनिधित्वपछि मात्र निर्वाचनमा जान सकिने बताए । उनले सबै दललाई नसमेटी चुनाव गराए पुन संबिधान सभाबाट संबिधान बन्न नसक्ने जिकिर गरेका छन् । आफूहरु अहिले पनि सरकारसंग वार्ता प्रक्रियामा रहेको भन्दै उनले चुनावमा जान सहमतीका लागि उच्च स्तरीय राजनीतिक समिति जिम्मेवार हुनुपर्ने बताए । 
अहिलो उच्च स्तरीय समिति लापरपार्ही र सहमतिको चिन्तन नभएको राईको आरोप छ । आफूहरुलार्य बार्ताका लागि बोलाए पनि समिति भित्र आफै टक्राब सुरु हुने गरेको बताउँदै राईले आफ्ना विवाद टुङ्ग्यार मात्रै आफूहरुसँग बार्ता बोलाउन आग्रह गरे । सबै वातावरण सही भएमा आफ्नो पार्टी चुनावमा जान तयार भएको बताउँदै अहिलेको चुनावबाट नै बहुमत ल्याउछु भन्ने झुटो आश्वासन नदिने बताउँदै उनले खास बर्गको प्रतिनिधित्व आफ्नो पार्टीले गर्ने बताए । 
आफ्नो पार्टी सबै समस्याको निकास चुनाव हो भन्नेमा एकमत भएपनि सबैलाई नसमेटी गरिएको चुनावको कुनै अर्थ नहुने भएकाले चुनावमा जान तयार नभएको उनको भनाई छ । अध्यक्ष राईले आफूहरु कुनै जाति विशेषको पार्टीनभई सबै जाति र क्षेत्रको प्रतिनिधि पार्टी भएको दाबी गर्दै सबैको समानुपातिक प्रतिनिधित्व भएको आफ्नोजस्तो दल मूलुकमा नरहेको जिकिर गरे ।

No comments:

Post a Comment