Monday, September 23, 2013

सबै मिली शान्ति गाउँ बनाउँ


सुर्खेत, ४ असोज ।
दिगो शान्ति स्थापनाका लागि सबै सरोकारवालाहरु मिलेर गाविसलाई नै शान्ति गाउँ बनाउनुुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शुक्रबार हरिहरपुर गाविसमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 
कारीतास नेपाल र गाविसको कार्यालय हरिहरपुरका आर्थिक सहयोग र कोडेक नेपाल, सुर्खेले आयोजना गरेको दिगो शान्ति स्थापनाकालागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले गाविसलाई नै शान्ति गाविस बनाउने बताएका हुन् । दिगो शान्ति स्थापनाका लागि सबै सरोकारवाला निकाय प्रतिबद्ध रहेको समेत उनीहरुले बताए । 
सरोकारवालाहरुको उपस्थीतिमा गाविस स्तरीय शान्ति समितिको पुर्नगठन गरिएको छ । गजल दर्लामीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको कोडेक नेपाल सुर्खेतका कार्यक्रम संयोजक प्रेम विकले जानकारी दिए । कार्यक्रम गाविस सचिव केशरबहादुर डांगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment