एचआइभी सङ्क्रमितकोे संख्यामा कमी आएन
सुर्खेत, १५ मंसिर ।
हाल सुर्खेत जिल्लामा एच आइभी÷एड्स संक्रमितको संख्या ४ सय २० जना रहेको जनाईएको छ । जिल्ला स्वास्थ्य कार्याल सुर्खेतका एच आइ भी ÷एड्स ‘फोकल प्रशन’ दुर्गा श्रेष्ठका अनुसार हालसम्म सुर्खेत जिल्लामा एच आईभी ÷एड्स परीक्षण गराउनेको संख्या ४ सय २० जना रहेको हो ।
विश्व एड्स दिवसको सन्दर्भ पारी नव किरण प्लसले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार अन्र्तिक्रिया कार्यक्रममा श्रेष्ठले सो कुराको जानकारी दिएका हुन् । गत असार महिना सम्म ४ सय २० जनाले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा एचआइभी परीक्षण गराएको र ती मध्ये ३ सय २ जना सुर्खेत र १ सय १८ जना बाहिरी जिल्लाका रहेको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संक्रमित मध्ये २ सय २ जना बयस्क पुरुष, १ सय ७१ बयस्क महिला, ३० जना बालक र १७ जना बालिका रहेकाछन् । साथै हाल सम्म सुर्खेमा एड्सबाट २९ जनाको मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा नवकिरण प्लसका देवेन्द्र शर्माले एच आइभी संक्रमण तथा संक्रमणबाट हुने मृत्युलाई घटउनका लागि सबै सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।
सामुदायिक हेरचाहा केन्द्रबाट संक्रमितहरुलाई हेरचाहाको सेवा पु¥याउँदै आएका शर्माले समयमै निरन्तर रुपमा एआरटी प्रयोग गरेमा एचआइभी संक्रमणपछि पनि लामोसमय सम्म बाँच्न सकिने जानकारी दिए । कार्यक्रममा परिवार नियोजन, स्याक नेपाल दिगो विकास लगाएतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नयाँ एचआइभी सङ्क्रमण उल्लेख्य रुपमा घटाउन सक्ने ५६ देशमध्ये नेपाल एक भएको विश्व स्वास्थ्य सङ्गठनले प्रतिवेदन सार्वजनिक ग¥यो तर नेपालमा दैनिक रुपमा यसबाट सङ्क्रमण हुने संख्यामा कमी आउन सकिरहेको छैन ।
केन्द्रको असार मसान्तसम्मको तथ्याङ्क अनुसार अहिले नेपालमा दैनिक चारदेखि छ जनामा एचआइभी सङ्क्रमण हुने र बर्सेनि चार हजार ८ सयको मृत्युको कारक तत्व एचआइभी÷एड्स नै हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कमा छ ।
विश्वमा प्रत्येक घन्टामा २ सय ६२ जना सो रोगबाट सङ्क्रमित हुने गर्दछन् । विश्वमा प्रत्येक दिन चार हजार ४ सय जना एचआइभी÷एड्सका कारण मृत्यु हुने गर्दछ । कति एचआइएभी सङ्क्रमित तथा एड्स भएका समाजमा किन लुकेर बसिरहेका छन्, के कति कारणले उनीहरु बाहिर आउन सकिरहेका छैनन् यसबारे पत्ता लगाउन चुनौती रहेको केन्द्रले जनाएको छ । केन्द्रले सन् २०१२ मा गरेको पछिल्लो अध्ययनमा एचआइभी सङ्क्रमितको सङ्या ४८ हजार ६ सय रहेको छ । यसमा १५ देखि ४९ वर्षको जनसङयामा एचआइभी सङ्क्रमण दर ० दशमलव २८ रहेको छ । रगत परीक्षणबाट २२ हजार ९ सय ९४ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार एचआइभी सङ्क्रमित बालबालिकाको सङ्ख्या चार हजार रहेको छ । एक वा एक बढी उच्च जोखिम रहेका समूहमा एचआइभी सङ्क्रमण पाँच प्रतिशतभन्दा बढी तर सामान्य जनसङ्यामा एक प्रतिशतभन्दा कम भएको अवस्थालाई केन्द्रीकृत महामारी भन्ने गरिन्छ । एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थको प्रयोगकर्ता, यौनकर्मी, तिनका ग्राहक, पुरुष समलिङ्गी, रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने तथा तिनका दम्पत्ती रहेका छन् ।
यस्ता समूहलाई लक्षित गरी केन्द्रले राष्ट्रिय एचआइभी एड्स रणनीति लागू गरिराखेको छ । केन्द्रले एचआइभी÷एड्स भएका विभिन्न ४४ केन्द्रमा एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) सेवा उपलब्ध गराइराखेको र यस्ता केन्द्रमा आउनेको संख्या आठ हजार ५ सय ४६ छ । एचआइभी सङ्क्रमित गर्भवती आमाबाट बच्चामा हुने सङ्क्रमणको जोखिम कम गर्ने सेवा ६२ केन्द्रमा उपलब्ध गराइएको, यस्तो सेवा लिने आमाको सङ्ख्या १ सय ६२ भन्दा बढी भएको जानकारी दिएको थियो ।
‘‘एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई हुने शून्यमा पुर्याऔँ’’ भन्ने नाराका साथ आज सुर्खेतमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाइँदै छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, उपचार, हेरचाह तथा सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउँदै बृहत्तर जनचेतना जगाउने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा डिसेम्बर १ लाई विश्व एड्स दिवस मनाइने गरिन्छ ।
No comments:
Post a Comment